Advertisement Banner
Advertisement Banner

१८ शुक्रबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

गुण्डाको त दोहोलो नै काढे नि यिनले

२५ सोमबार , असार २०७५८ बर्ष अगाडि

प्रहरी परिचालन गरेर होस् कि सुराकी राखेर । टोले गुण्डादेखि डनसम्मको सातो खान सफल भए एसएसपी विश्वराज पोखरेल । राजधानीमा जति पनि प्रहरी बृत्तहरु छन्, सबैलाई जिवन्त राख्न यिनले दिनरात एक गरिरहेका छन् । प्रहरी बृत्तहरुलाई नभएको सूचना यिनलाई आउने गरेको छ र यिनको आदेशमा गुण्डादेखि डनसम्म धमाधम पक्राउ परिरहेका छन् । प्रहरी जनताको साथी बन्न थालेपछि दिनहु“ नागरिकको फोन आउने र गुण्डागर्दीको सूचना दिने क्रम बढेको छ । सूचना पाउनासाथ एसएसपी पोखरेल प्रहरी परिचालन गरिहाल्छन् । यिनको विशेषता के पनि छ भने यिनको कार्यालयमा आमनागरिकको गुनासो सिधै दिन सकिन्छ । यिनले कार्यालयलाई जनमैत्री बनाएका छन् । यिनको मान्यता छ, जनताको सेवा गर्न सुरक्षाकर्मी बनेको हो, सुरक्षाकर्मी जनसेवा गर्नका लागि हो ।
प्रहरीले गुण्डागर्दी गर्ने डनहरुको सुक्ष्म निगरानी गरिरहेको छ । गुण्डाहरुको बसोबास र सक्रिय रहने स्थानहरुमा प्रहरीले गस्तीसमेत बढाएको छ । प्रहरी सक्रिय भएपछि पुराना दीपक मनांगे, गणेश लामा, समीर बस्नेत, अभिषेक गिरी हरु जेलमा छन् भने नया“ गुण्डाहरु मनोज खत्री, कुमार श्रेष्ठ, देव थापा, कमल गुरुङलगायतका कोही जेलमा छन्, कोही विदेश भागिसके । नया“ नया“ गुण्डा डनहरु निस्केका छन्, तिनको विरुद्धमा प्रहरी सचेत देखिन्छ ।