जापानी राजदूत मासामिची सिगो कृषि विज्ञ पनि हुन् । उनी धमाधम सरकारका मन्त्रीहरुलाई भेटेर जापानाको प्राथमिकता मैत्री र विकास सहयोगी हो भन्ने सन्देश दिइरहेछन् । यिनले रक्षामन्त्रीलाई भेटेर नेपाल र जापान बीचको कुटनीतिक सम्बन्ध, सरकारका कार्ययोजना, आर्थिक र सामाजिक विकास, दुई मुलुकका विचको सैन्य तालिम तथा सहकार्य एवं प्रविधि हस्तान्तरण लगायतका विषयमा मैत्री हात बढाउका छन् । मन्त्री ईश्वर पोखरेलले नेपाल र जापान वीचको अनुपम सम्वन्ध अतुलनीय भएको र दुई मुलुकविचको आपसी सहयोग आगामी दिनमा झन प्रगाड हुने कुरा बताए । जापानले चुनाव र स्थिर सरकारको प्रशंसा गरे । नेपालले सहयोगको निरन्तरता चाह्यो । मुख्य कुरा सैनिक क्षेत्रमा समेत जापानले सहयोग दिन चाहेको विषयमा छिमेकी मुलुकका दूतावासमा ठूलै तहल्का मच्चिएको छ । कृषिविज्ञ राजदूतको सैनिक सहयोगको कुरो, धेरैले के हो भनेका छन् ?