वाशुदेव वाग्ले -
१९७८ मा दक्षिण कोरियालीले यति धेरै कार किने कि कमजोरहरुका लागि बाटो काट्नसमेत मुस्किल हुनथाल्यो । त्यसपछि पार्क चुङ हीले एउटा निर्णय जारी गरे । जसमा लेखिएको थियो– एउटा गाडीमा कम्तिमा ३ जना यात्रा गर्नैपर्छ । अन्यथा त्यो गाडीमाथि कडा कारवाही गरिनेछ । गाडीधनीहरु आत्तिए ।
पहिलो दिन सरकारको निर्णय अवमान्ना गरेका गाडीहरु समातिए, प्रत्येकलाई ३ लाख ओन जरिवाना गराइयो । दोश्रो दिनदेखि गाडीधनीहरुले बाटो हिड्नेहरुलाई आफ्नो गाडीमा लिफ्ट दिन थाले र ३ जनाभन्दा बढीलाई गाडीमा राखेरमात्र गाडी चलाउने प्रचलन सुरु भयो । काम विशेषले बाहिर निस्केका जो कोही कोरियान बटुवाले गाडी सुविधामात्र पाएनन्, तिनको बसभाडा सय वनसमेत बच्यो जसले गर्दा उनीहरुको खानपानमा समेत सुधार आयो ।
यो हो राजनेतामा हुनुपर्ने गुण । आज नेपालमा सडक कम छ, ३२ लाख सवारी साधन चल्छन् । मन्त्री ३ करोडसम्मका गाडी चढ्छन्, धनाध्येहरु ५ करोडसम्मका । तर सामान्य नागरिक सहज रुपमा बस यात्रासम्म गर्न सक्दैन । नराम्रा कुराको अनुशरण गर्ने नेताहरुले पार्क चुङ हीबाट किन नसिक्ने ? आफूलाई शक्तिशाली सरकार मान्छ ओली सरकार । ओली सरकारको शक्ति खाली सत्ता चलाउन, बचाउन, भ्रष्टाचार गर्नमात्र प्रयोग गर्ने कि लोकका लागि पनि ?