Advertisement Banner
Advertisement Banner

०९ सोमबार, असार २०८२16th June 2025, 6:20:04 am

स्वर्ण पेरेराको सुवर्ण विचार

३२ सोमबार , असार २०७५७ बर्ष अगाडि

नेपालका लागि प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकाको महामहिम राजदूत पदमा कार्यरत हुनुहुन्छ– स्वर्ण पेरेरा ।
१९५७ मा कूटनीतिक सम्बन्ध स्थापित भएकै वर्ष राजा महेन्द्रले श्रीलंका भ्रमण गरेका थिए भने निरन्तर उच्चस्तरी भ्रमणले दुबै मुलुकवीच राम्रो सम्बन्ध कायम रहेको छ ।
स्वर्ण पेरेर क्यारियर कूटनीतिज्ञ हुनुहुन्छ र मालद्विप, इटली, भारत, मलेसिया, फ्रान्समा समेत सफलतापूर्वक कूटनीतिक क्षेत्रमा काम गर्नुभएकी महामहिम राजदूत पेरेर यतिबेला नेपालमा कार्यरत हुनुहुन्छ र गोरखा एक्सप्रेसका सम्पादकले केही दिन अघि उहाँसँग उहाँकै कार्यकक्षमा भेट गर्ने अवसर छोपेको थियो ।
नेपालमा शान्ति, स्थिरता र प्रगति चाहने महामहिम राजदूतले भेटका अवसरमा बुद्धको जन्मथलो नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ, नेपालमा पर्यटनको व्यापक सम्भाबना रहेको छ भन्दै पर्यटन विकासबाट नेपालको समृद्धि हुनसक्ने धारणा राख्नुभयो ।
श्रीलंका बुद्धिष्ट धर्ममान्ने मुलुक हो, श्रीलंकाको क्यान्डी भन्ने ठाउँमा बुद्धको दाँत राखिएकाले ख्याति कमाएको र त्यहाँ बुद्धदर्शनका लागि वर्षेनी लाखौं पर्यटक जाने गरेको स्मरण गराउँदै राजदूतले भन्नुभयो– अव नेपाल र श्रीलंकावीच सिधा सम्पर्क हुनुपर्छ । सम्पर्क बढाउनुपर्छ । श्रीलंकनहरु दिल्ली आउँछन् र बसमा लुम्बिनी दर्शन गर्न जाने गरेका छन् । एकाध घण्टा लुम्बिनीमा सुस्ताएर सिधै दिल्ली फर्कन्छन् । यसरी बुद्ध दर्शन त हुन्छ तर नेपालको पर्यटनमा सहयोग पुग्दैन । नेपाल सरकारले दिल्ली भएर होइन, काठमााडौं भएर लुम्बिनी जाने आकर्षक व्यवस्थापन गर्नुपर्छ, जसले नेपालको प्रचार व्यापक हुनजानेछ । यो बाहेक पनि श्रीलंका र नेपालवीच व्यापार, शिक्षा, स्वास्थ्य तथा पर्यटनकै अनेकन सम्भाबनाहरु पहिल्याएर संयुक्त रुपमा काम गर्न श्रीलंका तैयार छ । श्रीलंका र नेपालवीच खासगरी पर्यटन विकास गर्न अनेकन उपायहरु अपनाउन सकिन्छ । अव नेपाल र श्रीलंकावीचको सुसम्बन्धलाई आर्थिक कडीले पनि जोड्नुपर्छ । ताकि सम्बन्ध अझ मजबुत हुनसकोस् ।
महामहिम राजदूतलाई सम्पादक राजन कार्कीले गतवर्ष प्रकाशित गरेको पाकिस्तानका हिन्दु धार्मिक सम्पदाहरु पुस्तक उपहारस्वरुप दिएपछि सिन्धु नदी, सिन्धु सभ्यता, हिन्दुत्व, सिन्धु नदी किनारबाट लेखन सुरु भएको ऋग्वेदका सम्बन्धमा समेत चासो राख्नुभयो ।
त्यो अवसरमा महामहिम राजदूत स्वर्ण पेरेराले मुस्लिम मुलुक भइकन पनि अल्पसंख्यक हिन्दुप्रति दर्शाएको सद्भाव, सुरक्षित गरेको तिनको नागरिक अधिकार र हिन्दु मठमन्दिरको संरक्षणमा मात्र होइन, बुद्धधर्मको मूल स्थल बौद्ध गन्धार क्षेत्रका बारेमासमेत चर्चा गर्नुभयो ।
महामहिम राजदूत र सम्पादक राजन कार्कीवीच पाकिस्तानका पुरातत्व विभागका इशान एच नदिमलगायतका विदहरु लुम्बिनी भ्रमण गरेर त्यहाँ प्राप्त प्रमाणहरुले बुद्ध नेपालमै जन्मेका हुन् भनेर लेखेको पुस्तक बौद्ध गन्धार, जुन पाकिस्तानमा पर्छ र त्यहाँ बौद्धकालीन इतिहास, कला र बास्तुकलाको संरक्षणको इतिबृतान्तका बारेमा चर्चा परिचर्चा भएको थियो ।
महामहिम राजदूतको विशेष चासो नेपाल र श्रीलंकावीच कसरी सहकार्य बढ्छ, कसरी सम्बन्ध विकास गर्न सकिन्छ, नेपालको प्रगतिमा श्रीलंकाले कुन कुन क्षेत्रमा के कसरी सहयोग गर्छ भन्नेमा रहेको थियो । श्रीलंका नेपालको मित्रशक्ति हो, यो शक्तिलाई बौद्ध धर्मको माध्यमबाट दुबै मुलुकको प्रगतिको शान्तिमार्ग पहिल्याउन जरुरी भएको तर्क गर्दै महामहिम राजदूतले नेपालको प्रेस जगतले दुबै मुलुकको जनतावीचको सम्बन्ध विकास गर्न गराउने भूमिका खेल्ने बेला आएको सम्झना गराउनुभयो ।
महामहिम राजदूत श्रीलंकालाई नेपालमा चिनाउन र बुद्धजन्मभूमि नेपाललाई श्रीलंकाली जनतावीच बुझाउने काम र दुबै मुलुकका वीचको सम्बन्ध विविधिकरण गर्नु गराउनु मुख्य चुनौति भएकाले हामी सबैले पहल गरौं, पाइला चालौं, अघि बढौं भन्नुभयो । धन्यवाद महामहिम राजदूत परेर ।