काठमाडौं । यी हुन् श्रीलंकाकी महामहिम राजदूत स्वर्ण पेरेरा । लुम्बिनीदेखि आनन्दकुटी महाविहारसम्म सहयोगी हात बढाइरहेको श्रीलंकाको भूमिका नेपालमा ज्यादै छ, नेपालको मित्रता पनि श्रीलंकाका लागि महत्वपूर्ण छ भन्ने यी महामहिम राजदूत स्वर्ण पेरेराको एउटै चिन्ता छ– बुद्धको जन्मथलो नेपाल र बुद्धमार्गी श्रीलंकावीच कसरी जनस्तरको आदानप्रदान र सम्बन्ध विकास गर्ने ? व्यापारमा ठूलो कठिनाई छ, हवाई यातायातमा पनि कठिनाई देखिएको छ, जबसम्म नेपालको बारेमा श्रीलंका र श्रीलंकाका बारेमा नेपालीलाई ज्यादाभन्दा ज्यादा जानकारी दिन सकिन्न, तवसम्म मैत्रीभाव भएर पनि अघि बढ्न सकिन्न ।
राजदूत पेरेर भन्छिन्—बुद्धको दाँतको म्यूजियम हेर्न वर्षेनी लाखौं पर्यटक श्रीलंकाको क्यान्डी पुग्छन्, कति नेपालीलाई थाहा छ, यसबारे ?
बुद्धको जन्मभूमि नेपाल हो, नेपालको लुम्बिनी हो, तर वर्षेनी ७ लाखको हाराहारीमा लुम्बिनी आउने श्रीलंकाली पर्यटकहरु दिल्लीबाट बसमा केही घण्टाका लागिमात्र लुम्बिनी पुगेर दिल्लीतिरै फर्कन्छन् । नेपाल सुन्दर छ, नेपालमा हेर्नलायक, मानवीय मूल्य र मान्यताका कुरा, इतिहास, कला, संस्कृति र संष्कारका कुरा श्रीलंकालीसम्म पुग्न सकेको छैन । श्रीलंकाको संस्कृति, समुद्र, संष्कार र अन्य लोमहर्षक कुरा नेपालीसम्म पुगेकै छैन । नेपालले सन २००० मा पर्यटन वर्ष मनाउँदैछ । त्यस अवसर पारेर नेपाल र श्रीलंकावीचको मैत्री सम्बन्ध, दुवै मुलुकका पर्यटनसम्बन्धी विषयहरु र दुबै मुलुकको गरिमा र महिमाका बारेमा उचित प्रचार प्रसार गर्ने हो भने दुबै मुलुकवीच पर्यटक आदान प्रदानको मात्रामा बढोत्तरी हुनसक्छ । किन यसतिर नेपाल सरकारले ध्यान नदिने, श्रीलंका हरतरहले सहयोग र साथ दिन तैयार छ ।
महामहिम राजदूत स्वर्ण पेरेराले निवासमै केही पत्रकारहरुलाई निम्त्याएर दुबै मुलुकवीचको पर्यटन सम्बन्ध विकास र बिस्तार गर्न सञ्चारले भूमिका खेलिदिन आग्रह गरिन् । आग्रह आग्रहमै रह्यो र पर्यटन विकास बोर्डदेखि पर्यटन मन्त्रालयसम्म र आमसञ्चार माध्यमले श्रीलंकाको आकर्षण र नेपालको चित्ताकर्षक विषयहरुको प्रचार गर्न सके र नेपाल श्रीलंकावीच सिधा भरपर्दो हवाई सम्पर्क विकास गर्ने हो भने दुबै मुलुकवीच पर्यटन प्रवद्र्धनको सम्भाबना प्रचूर छ । श्रलंकाली पर्यटक सिधै नेपाल आउने र केही दिन बसाई बसेर लुम्बिनीमात्र होइन, नेपालका अन्य बौद्धतीर्थ र प्रकृतिको समेत लाभ उठाएर फर्कन पाउने थिए ।
महामहिम राजदूत स्वर्ण पेरेर राम्रो सम्बन्धलाई आर्थिक उन्नतिको साँचोमा ढाल्न प्रयत्न गरिरहेकी छिन्, नेपाली पक्षले उनलाई साथ र सहयोग दिन सकिरहेका छैनौ, सोचौं ।