Advertisement Banner
Advertisement Banner

०८ आइतबार, असार २०८२16th June 2025, 6:20:04 am

गृहमन्त्रीसँग शिष्टाचार भेट

०६ बुधबार , भाद्र २०७५७ बर्ष अगाडि

गृहमन्त्रीसँग शिष्टाचार भेट

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि जापानका राजदूत मासामिचि साइगोले आज शिष्टाचार भेट गरेका छन् ।

गृह मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको थियो । सो अवसरमा गृहमन्त्री थापाले कूटनीतिक सम्बन्ध स्थापना भएदेखि जापानले सुरक्षा निकायलगायत अन्य क्षेत्रमा सहयोगप्रति राजदूत साइगोमार्फत जापान सरकारलाई धन्यवाद व्यक्त गरे ।

उनले नेपालको पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि लगायतको क्षेत्रमा जापानको सहयोग र लगानीका लागिसमेत राजदूतसँग आग्रह गरे । गृहमन्त्री थापाले केही समयअघि जापानमा आएको बाढीका कारण त्यहाँ ठूलो जनधनको क्षति भएको भन्दै दुःख व्यक्त गरे ।

राजदूत साइगोले आफू गत जुन महीनामा मात्रै नेपालको राजदूतका रुपमा कार्यभार सम्हालेको गृहमन्त्री थापालाई जानकारी गराउँदै आफ्नो कार्यकालमा नेपाल र जापानबीचको सम्बन्ध थप मजबुद बनाउन पहल गर्ने बताए ।

उनले नेपाललाई जापानले दिँदै आएको सहयोग निरन्तर रहने भन्दै सो सहयोग थप गर्न आफूले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे । जापानी लगानीकर्तालाई नेपालमा लगानी गराउन आफ्नो कार्यकालमा सक्दो पहल गर्ने राजदूतले बताए ।