Advertisement Banner
Advertisement Banner

०८ आइतबार, असार २०८२16th June 2025, 6:20:04 am

यी आमा प्रहरीलाई सलाम छ

१८ सोमबार , भाद्र २०७५७ बर्ष अगाडि

वाशुदेव वाग्ले -
अर्जेन्टिनाको महिला प्रहरी । अस्पतालमा बेवारिसे हालतमा बच्चा छाडेर गएको देखेपछि बच्चालाई बचाउन जरुरी थियो, महिला प्रहरीले बच्चालाई काखमा च्यापेर आफ्नै छातीको दुध चुसाइन् । प्रहरीले शान्तिव्यवस्था कायम गर्ने हो । सुरक्षाको अर्थ जीवन रक्षा पनि हो । यस्ती आमा प्रहरीलाई सलाम छ । सलाम यसकारण पनि छ कि नेपालका महिला प्रहरीले पनि यस्तो सिकुन् । माथिको आदेश पर्खेर नबसुन्, हस् साप मात्र नभनुन् । आमाको कर्तव्य पालना गर्न माथिको आदेश चाहिन्न भन्ने पनि सिकुन् । जानुन् ।
यिनले बच्चाको जीवन बचाइन्, महिला प्रहरीको कर्तव्य र आमाको धर्म पालना समेत गरिन् । आमा भनेको आमा हुन्, आमाको जति प्रशंसा गरे पनि कम हुन्छ ।
यो तस्वीर कुनै फोटोग्राफरले खिचेर सार्वजनिक गरेपछि सरकारले पनि देख्यो । सरकारले यिनको बढुवामात्र गरेन, तमाम सुरक्षाकर्मीको काम मानवीयता बचाउनु पनि हो भन्ने प्रेरणा दिएर प्रोत्साहित गरेको छ ।
यिनको नाम सिलिसटे अयला हो । यिनी आफै शिशुको आमा थिइन्, यिनले ६ महिने बेवारिसे बच्चालाई स्तनपान गराएर बचाउने काम गरिरहदा प्रहरी पोशाक अर्थात चुस्ता लगाएकी थिइन्, ड्यूटीमा खटिएकी थिइन् । महिला प्रहरीले अन्य ६ शिशुको उद्धार गरेका थिए । सुरक्षाकर्मी हुनु त यस्तो । सलाम आमा प्रहरी ।