Advertisement Banner
Advertisement Banner

१८ शुक्रबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

पूर्व जर्नेल बस्न्यात भन्छन् -देश हितको लागि कांग्रेसले प्रजातन्त्र,राजतन्त्र र हिन्दुराष्टमा फर्किनैपर्छ

२१ बिहिबार , भाद्र २०७५८ बर्ष अगाडि

 

 

सैनिक इतिहासमा विद्यावारिधि गरेका र नेपाली सेनाको बिषयमा विद्यावारिधि गर्ने पनि पहिलो व्यक्ति हुन् नेपाली सेनाका पूर्व जर्नेल डा. प्रेमसिंह बस्न्यात।

सगरमाथा टेलिभिजनको कार्यक्रम एसटिभी च्याटमा कुराकानी गर्दै नेपाली सेनाको स्थापना कहिलेलाई मान्ने भन्ने कुरामा प्रस्ट पार्दै बस्न्यातले भने -‘वि.सं. १६१६ सालको असोज २५ गते राजा द्रव्य शाहले लिगलिगकोट खडा गरेका हुन्।द्रव्य शाहले गंगाराम रानामगरलाई न्यायधिश,भगिरत पन्थलाई सेनापति र गणेश पाण्डेलाई मुख्यमन्त्री बनाएका थिए।त्यसको केहि महिनापछि त्यो सेनाले गोर्खाको तल्लोकोट र माथ्लोकोट हमला गरेर जितपछि सल्लाह गरेर गोरखनाथको नामबाट गोर्खा जिल्ला भएको हो।’

पृथ्वीनारायण शाहले विक्रम सम्बत १८१९ सालमा अंग्रेजको तरिकाको कम्पनीको रुपमा (अहिले गुल्म ) नेपाली सेना खडा भएको हो।नेपाली सेनाले मान्दै आएको नेपाली सेनाको स्थापना १८१९ मा नभएको बस्न्यातले दाबी गरे।

नेपाली सेनाका सेनापतीहरु इतिहास पढ्दैनन्।प्राज्ञ बोलाएर उनीहरुले मागेको पैसा तिरेर प्रधानसेनापतिले चाहे अनुसारको इतिहास लेखिन्छन्।नेपालका इतिहासकारले मनग्ये पैसा पाए भने आफूलाई समेत नोपोलिएन बोनापार्ट बनाईदिन सक्ने आरोप बस्न्यातले लगाए।

नेपालले चीनसँग लडाई हारेको हो।चीनसँग लडाई हारेर नेपालले सम्झौता गर्दा नेपालको धेरै भूभाग गुमेको छ। नेपालको बारेमा लेखिएको इतिहास धेरै झुटो छ। अग्रेजसँग पनि नेपालले लडाई हारेर नेपालको थुप्रै भूभाग गुमाएको पनि सत्य भएको बस्नेतले खुलाए।

अहिले नेपाली जनताहरु माओवादी युद्धको बेलाभन्दा  झनै गरिब भएका छन्।नेपालमा प्रधानन्यायधीश,न्यायलय र नेपाली सेनालाई किन भ्रष्टचारमा बिषयमा छानविन गर्न नपाईने ?बस्न्यातले प्रश्न गरे।

हेर्नुहोस् बस्न्यातसँगको कुराकानी 

प्रकाशित मिति : २०७५ भदौ १९,मंगलबार