Advertisement Banner
Advertisement Banner

०७ शनिबार, असार २०८२16th June 2025, 6:20:04 am

प्रचण्ड प्रवक्ता स्तरमा

०९ सोमबार , पौष २०७५६ बर्ष अगाडि

काठमाडौं । प्रचण्डले संविधानको चार आधार संघीयता, गणतन्त्र, धर्मनिपेक्षता र समावेशीता हो, हिन्दुराष्ट्रको कुरा गरेर संविधानका पिता सुशील कोइरालालाई स्वर्गबाट नर्कमा झार्न लागेको भनेर के भनेका थिए, सवालको जवाफ सभापति देउवाले होइन, प्रवक्ता विश्वप्रकाश शर्माले पो दिए– प्रवक्ता शर्माकै शव्दमा ‘धर्मका बारेमा कम्युनिस्ट पार्टीका नेताहरु जो द्वन्द्वात्मक भौतिकवाद पढेर हुर्किनुभएको छ, जसले धर्म अफिम हो भनेर बाल्यकालमै आफ्नो जीवन सुरुवात गर्नुभएको छ, उहाँहरुले अहिले कााग्रेसलाई धर्मका बारेमा सिकाउन थाल्नुभएको छ । कसैले पनि धर्मकर्म, संस्कार र
 संस्कृतिको विषयमा कांग्रेसलाई पढाउनु र सिकाउन जरुरी छैन ।’
स्मरणीय छ, महासमितिको बैठकमा ८ सय महासमिति सहभागीले हस्ताक्षर अभियान चलाएर हिन्दुराष्ट्र घोषणा गर्न सभापतिलाई ज्ञापन बुझाएपछि र महासमितिभित्रै नेताहरुले नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने आवाज उठाएपछि आत्तिएका सत्तारुढ दलका नेता तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार आयोजित एक कार्यक्रममा कांग्रेसभित्र हिन्दु राज्यको पक्षमा बहस सुरु भएकोमा आपत्ति जनाएका थिए । प्रचण्डले त्यसो भए कांग्रेस समाप्त हुने चेतावनी पनि दिएका थिए ।
यता प्रवक्ता शर्माले जिससकी छोरीको होली वाइन खाएर हामीलाई धर्मबारे प्रवचन दिने भनेर प्रश्न उठाउन पछि परेनन् ।
प्रचण्डले फेरि पनि भनेका छन्– गणतन्त्र ढालेर कांग्रेसको भलो हुँदैन तर गणतन्त्र राखेर पनि देशको हित होलाजस्तो छैन । 
फेवा ताल : सरकारको माफिया चाल
काठमाडौं । सर्वोच्च अदालतले फेवा ताल अतिक्रमण हुन नदिन र बचाउन आदेश दियो तर सरकार नै अतिक्रमणकारीसँग मिलोमतो गरेर फेलाताल सिध्याउनतिर लागेको आरोप छ पोखरावासीको ।
सर्वोच्चको आदेश विरुद्ध भूमाफिया लागेपछि नगर, संघीय सरकारसमेत माफियाको पछि दौडेको छ । जसले गर्दा अदालतको आदेश पालना हुनसकेन । फेवाताल अतिक्रमण रोक्न ८ वर्षदेखि मुद्दा हालियो, बल्ला बैशाख १६ गते फैसला भएको थियो, त्यो फैसला पनि कार्यान्वयन भएको छैन । रोक्ने चलखेल जारी छ ।
माफियाकै कारण फैसला तैयार हुन ७ महिना लाग्यो, किन ? कसैले सोधेन । न संघीय सरकार तातेको छ, न संघीय सरकार, न नगर नै । जनप्रतिनिधिहरुसमेत माफियाको चक्करमा लागेर होला, कतै फेवा ताल बचाउने कुरा नै उठ्दैन । निवेदक खगेन्द्र सुवेदी भन्छन्– भूमाफियाको लगानीमा वर्षौंसम्म फेवातालको जग्गा सित्तैमा रजाईं गरेका माफियाहरू सर्वोच्चको फैसला कार्यान्वयन गर्न नदिने चलखेलमा लागेका छन्, अतिक्रमणकारीको थप मुद्दाहरुको पेशी नै हुँदैन, जहिले पनि सारिरहन्छन्, यो मिलोमतो नभए के हो ? सर्वोच्चले अतिक्रमण
 गरेर बनाइएका संरचना भत्काउन भन्यो, कसैले भत्काएका छैनन्, अझ पर्यटन उद्यमी भनिएका कर्ण शाक्यहरु त थप निर्माण पो गर्न थालेका छन् । मेयर छन् मानवबहादुर जिसी, उनी फेवाताल बचाउनतिर सक्रिय देखिदैनन् । १ हजार ६ सय ९२ रोपनी जग्गा अतिक्रमण भएको छ, तालको नाममा ल्याउने कसले ?
कर्ण शाक्यले निर्माण गरेका संरचना भत्काउने कि के गर्ने ? आदेश आउन बाँकी छ तर कर्ण शाक्यको मुद्दा पेशीमै चढ्दैन । पटक पटक पेशी सारिन्छ, यो सब चलखेलको परिणाम हो भन्ने पोखरावासीको भनाइ छ ।
पोखराको फेलाताल भूमाफियाको सिकार भइरहदा संघीय सरकारले समेत चासो दिनुपर्ने हो । दिनदिनै साँघुरिदै गएको फेवाताल सबै नेपालीको चासोको विषय हुनुपर्ने हो । अदालतले फैसला गर्ने र त्यो फैसलासमेत कार्यान्वयन नहुने तरिकाले फेवाताल लामो समय कायम नहुनसक्छ । त्यसै पनि हरेकवर्षको फोहरले फेवातालको गहिराई साँघुरिदै गएको छ । त्यसमाथि चारैतिरबाट व्यवसायी र भूमाफियाहरुले अतिक्रमण गरेर फेवाताल सिध्याइरहेका छन् । राष्ट्रिय सम्पत्ति र सम्पदामाथिको यो दोहन नरोकिने हो भने फेवाताल केही वर्षमै समाप्त हुनेतिर जानेछ ।