Advertisement Banner
Advertisement Banner

०७ शनिबार, असार २०८२16th June 2025, 6:20:04 am

यिनको चर्चा भएन, सम्मान भएन

१६ सोमबार , पौष २०७५६ बर्ष अगाडि

धर्मरत्न श्रेष्ठ -
मिष्टर वल्र्ड बनेर फर्किए महेश्वर महर्जन । स्वर्ण पदकसहित नेपाल फर्किदा न यिनको चर्चा भयो, न यिनको उचित सम्मान नै हुनसक्यो ।
विश्व सुन्दरीका लागि प्रतियोगितामा सहभागी भएकी श्रृंखला खतिवडाको विषयमा विश्व नै हल्लियो । नेपालीहरुले श्रृंखलाका लागि कुनै कसर बा“की नराखी प्रचार प्रचार गरे । उनी सफल भइनन्, त्यो अर्को पाटो हो । तर, नेपाललाई जिताएर, नेपाललाई बोकेर आउन सफल महेश्वर महर्जनका बारेमा नेपाली समाज, सरकार, खेलकुद परिषद कसैले पनि दिनुपर्नेजति उत्साह दिएनन् ।
यो लैंगिक विभेद हो । मिष्टर वल्र्ड बनेका महेश्वर महर्जनलाई हार्दिक बधाई दिनुपर्छ र उनलाई उत्साहित प्रोत्साहित पनि गर्नुपर्छ । हुन त सुरा र सुन्दरीमा भुलाएर, कमिशन र भ्रष्टाचारमा भुलेर देश लुट्न पल्केकाहरु देश उठाउने कुरा पटक्कै रुचाउ“दैनन् । सीमा मिचिदा नबोल्ने सरकार, नेता, संसद, राष्ट्रपतिलाई जनता सुरा र सुन्दरीमा भुलुन भन्ने लागेको होला । राष्ट्रभक्त, राष्ट्रको ख्याति उठाउनेहरु यसैगरी बिभेदमा पर्दै जान्छन्, यिनी देशका कार्यकर्ता जो हुन् ।