Advertisement Banner
Advertisement Banner

०७ शनिबार, असार २०८२16th June 2025, 6:20:04 am

नेपाल र पृथ्वीनारायण

३० सोमबार , पौष २०७५६ बर्ष अगाडि

शाश्वत शर्मा -
पुस २७ गते पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवस गच्छेअनुसार धूमधामका साथ मनाइयो । नेकपाको सरकारले सो दिन सार्वजनिक बिदा नदिए पनि स्यं राष्ट्रपति एवम् सरकारका मन्त्रीहरु पृथ्वी जयन्तिका विभिन्न कार्यक्रमहरु, जलपान समारोहहरुमा हसभागी भए । सिंहदरवारअगाडि श्री ५ पृथ्वीनारायण शाहको सालिकमा मन्त्रीहरु, सर्वसाधारण र नेपाली सेनाको समूहहरुका वीचमा स्वयम् राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले माल्यार्पण गरिन् ।्
गतवर्ष तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले जंगी अड्डामा विधिवत रुपमा पृथ्वीनारायण शाहलाई स्थापना गरेपछि नेपाली सेना पनि पृथ्वीनारायण शहका लागि खुलेर आउन थाल्या हो । अव अवस्था यस्तो छ कि नेपाली सेना करीव करीव जनआन्दोलन अघिकै स्थितिमा फर्किन थालेको अनुभव गर्न सकिन्छ ।
तर प्रधानसेनापति पूर्णचन्द्र थापा पृथ्वी जयन्तिलाई छलेर मानार्थ सेनापतिको पदवी ग्रहण गर्न भारत जानु र प्रधानमन्त्री केपी ओली अनुपस्थित रहनुलाई धेरैले निको मानेका छैनन् । यद्यपि एउटा कार्यक्रममा गएर प्रधानमन्त्रीले पृथ्वीनारायण शहको जयगान चाहिं गाएको सुनियो । जसले सेनाको जग बसाल्यो, जसले नेपाल बनायो, त्यही नेपाली सेनाका प्रधानसेनापतिले पृथ्वीनारायण शाहको सालिक सामु सलाम ठोकेको देख्न पाइएन । राप्रपाले सभागृहमा जलपान नै आयोजना ग¥यो, राप्रपाले जितेका गाउँ र नगरमा सार्वजनिक बिदा पनि घोषणा गरियो । नेपाल निर्माताप्रति आकर्षण बढेको छ । विदेशीको इसारामा चलेका नेताहरुको लहैलहैमा लागेर केही नेपाली जनताले पृथ्वीनारायण शाहलाई बिस्तारवादी, तानाशाह, सामन्ती भने पनि ती सबै असत्य, भ्रामक र दुस्प्रचारमात्र हुन भन्नेहरु ह्वात्तै बढेका छन् । 
पूर्वराजाले कडा खालको सन्देश प्रवाह गरेर सवैलाई पुनः एकपटक अझकझकाइ दिएका छन् । सन्देश यस प्रकार छ– ‘एउटा स्वतन्त्र राष्ट्रको सबैभन्दा महत्वपूर्ण क्षण, राष्ट्र निर्माणकै दिन हो । राष्ट्र निर्माणमा बलिदान गर्ने तमाम वीर, बिराङ्गना एवम् सपूतहरुको उत्सर्ग हामी कहिल्यै भुल्न सक्दैनौं र हुँदैन । भुलेर, अल्मलिएर र आफ्नै अस्तित्व बोधबाट बिस्मरण गर्दा देश यतिबेला जुन सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रदैछ, यसले बडामहाराजाधिराजका दिव्योपदेशको औचित्य स्मरण गराइरहेको छ । नेपाल चार जात छत्तीस वर्णको फूलवारी हो, मेरा साना दुःखले आज्र्याको मुलुक होइन, सबैलाई चेतना भया भन्ने दिव्य उपदेशको मर्मअनुरुपको व्यवहार गर्न नखोज्दा मातृभूमिको अस्तित्वमा घात प्रतिघातको कालो बादल मडारिएको छ । एउटा नागरिकको निम्ति देशभन्दा ठूलो अर्को कुनै बाद वा विचार हुनसक्दैन । नेपाली नेपालीवीच फाटो पैदा गर्ने, दुराग्रह बढाउने, सार्वभौमिक सर्वोच्चता राष्ट्रिय एकता र सामाजिक सद्भावलाई क्षति पु¥याउने, अनुशासनहीनता र अराजकतालाई प्रोत्साहन गर्नेजस्ता कार्य कुनै वाद र विचारका आडमा गरिनु हुँदैन भन्ने मेरो मान्यता रहेको छ । नेपाल रहँदा मात्र नेपाली हुनुको गौरव जीवन्त रहने यथार्थलाई आत्मसात गर्दै राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराजको पदचापमा हिड्ने प्रेरणा सबै नेपालीमा प्राप्त हुने विश्वास हामीले गरेका छौं ।’
हुनपनि, नेपाली नेपाली वीचको एकता, सामाजिक सद्भाव र मेलमिलापलाई खल्बलयाएर जसरी विदेशीहरुको स्वार्थपूर्ति गरिरहेछन्, त्यसप्रति पूर्वराजाले सन्देश मार्फत प्रहार गरेका हुन् । अझै पनि अवसरवादी, केही राष्ट्रातीहरु यो दिनलाई कालो दिनका रुपमा मनाउँछन्, राष्ट्र निर्माताको तस्वीरमा थुक्न लगाउँछन् । नचाहिदो भ्रम फिजाएर एकथरिले विदेशी खासगरी पश्चिमाहरुको स्वार्थका लागि खासगरी जातजातिहरुमा भ्रम फैलाइरहेछन् । कीर्तिपुरेका नाक रिसले काटिदिएको भन्ने बेलिबिस्तार, किराँतहरु मारेर अरुण नदीमा बगाइदिएको भन्ने जस्ता अडकले प्रचार भइरहेछन् ।
अनेक भ्रम जरैदेखि उखेल्नुपर्छ, बडामहाराजको योगदानलाई कदर गर्नुपर्छ । ऐतिहासिक तथ्य तोडमोड गर्ने, भ्रम फैलाउने, तस्वीरमा नचाहिदा कर्म गर्न लगाउनेलाई कारवाही गर्न जरुरी छ । पृथ्वीनारायण थिए र नेपाल छ, हामी नेपाली बनेका छौं । सबै दर्शन, राजनीतिक सिद्धान्त, पद्धतिभन्दा माथि छन् पृथ्वीनारायण शाह ।