गंगा दाहाल -
साथी तिमी भित्रको ममता म¥यो भने
तिम्रो विवेक अन्त कतैकतै स¥यो भने
फेरि कालो बादलले छोप्नेछ आकाश
उज्यालो प्रकाशमा ग्रहण प¥यो भने ।
क्रान्ति थियो, सकियो । क्रान्ति निरंकूशताविरुद्ध थियो, इतिहास फुटाइयो । क्रान्ति अधिनायकवाद विरुद्ध थियो, पुर्षाको गौरव तोडियो, फोडियो ।
क्रान्ति सकियो, शान्ति पर्व आयो । परिवर्तनलाई बसन्त पर्व भनिएको थियो, तैपनि नेपाल निर्मातामाथि न्याय हुनसकेन, जसले देश निर्माण ग¥यो, उसैमाथि अन्याय हुन्छ, उनैले न्यायको अनुभूति गर्न पाउनन् भने जुन उज्यालो हाम्रो हातमा छ, हाम्रो घर आँगनमा छ, हामीसँग छ, त्यो प्रकाशमा ग्रहण लाग्नेछ । उज्यालो छायाँमा पर्नेछ, अँध्यारो हुनेछ । हामीले उज्यालो खोजेका हौं, उज्यालो पाएका पनि हौं, फेरि अँध्यारोलाई किन निम्तो दिने ? अव नेपाल अँध्यारो हुनसक्दैन, नेपालको गौरव सँगाल्नुपर्छ । पसिना पगालेर नेपालको शान्ति र समुन्नति सिर्जना गर्नुपर्छ, हामीले आउने पुस्ताका लागि दिने राष्ट्रिय गौरव उज्यालो हुनुपर्छ । तोडफोड दिए सन्ततीले सराप्नेछन् ।
पृथ्वीनाराण शाहले नेपाल निर्माण गरेकै हुन् । उनको सालिकको टाउको फुटालेर, उनको सालिकको हात भाँचेर र उनको तस्वीरमा थु थु गर्नु भनेको आकाशतिर फर्केर थुक्नुजस्तै हो । प्रधानमन्त्री ओलीको धारणा, राष्ट्रपति विद्या भण्डारीको धारणा पृथ्वीनारायण शाहले नेपाल निर्माण गरिदिएका थिए र हामीले नेपाली भन्न पाएका छौं । सत्य यही हो र यो सत्य चम्किनुपर्छ । प्रत्येक नेपालीले नेपाली हुनुको गौरव गर्न पाउनुपर्छ, गौरव गर्न सक्नुपर्छ । यी नेपाल निर्माता स्तुत्य छन्, बन्दनीय छन् ।
नेपाल निर्मातालाई सत्तो सराप कस कसले गरे ? त्यसको लेखाजोखा सरकारले गर्नुपर्छ । राष्ट्रिय गौरवमाथि हमला गर्ने पक्का र सच्चा नेपाली हुनसक्दैन । जस जसले बडामहाराजाधिराज पृथ्वीनारायण शाहको अवहेलना गरेका छन्, ती सबै एनजीओ र आइएनजीओ चलाउनेहरु हुन् । यो भनेको डलरवादीहरु राष्ट्रियता तोडफोड गर्न चाहन्छन्, राष्ट्रिय एकता कायम गर्न चाहदैनन् । किनकि इसाईहरु नेपालमा जातीय द्वन्द्व चाहन्छन्, धार्मिक हिंसा गराउन खोजिरहेका छन् । नेपालमात्र त्यस्तो देश हो, जहाँ धार्मिक सहिष्णुता छ, जातीय एकता पनि छ । यसलाई टुट्न नदिन उतिबेलै पृथ्वीनारायण शाहले चार जात छत्तीस वर्णको फूलबारी भनेका थिए, जुन आज पनि उत्तिकै मर्मस्पर्सी र बिर्सनै नहुने यथार्थ बनेको छ हाम्रो ।