Advertisement Banner
Advertisement Banner

२४ बुधबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

संस्कृतिको जगेर्ना र जागरण: बाघ भैरब आज्जुको भाकल पुजा

२४ सोमबार , कार्तिक २०७७६ बर्ष अगाडि

कीर्तिपुर नगर उद्योग बाणिज्य संघको आज बिशेष बाघ भैरब आज्जुको  भाकल पुजा पश्चात् संघको १९ जनाको कार्य समितिले सपथ ग्रहण कार्यक्रम २०७७ कात्तिक २२  गरिएको छ । सो कार्यक्रमको प्रमुख अतिथि नेपाल उधोग बाणिज्य महासंघको उपाध्यक्ष एवम्  बागमती ३ नं. प्रदेशको दिनेशमान श्रेष्ठ उपस्थिति हुनुहुन्थ्यो । सोहि कार्यक्रममा  बिशेष अतिथीको रुपमा बरिष्ठ सल्लाहकार काजीमान आत्रेय, निलकण्ठ अमात्य, बागमती  प्रदेश ३  महासंघका उपाध्यक्ष, राजेन्द्र शेरचन, महासचिव रामनाथ श्रेष्ठ, सहकोषाध्यक्ष दुर्गालाल श्रेष्ठको पनि सहभागीता थियो । कार्यक्रममा बिहान पुजा समापन पछि नयां स.स. चोकमा सपथ ग्रहण पश्चात् समयबजी तुच्चा खाएर शुभ दिपावली, नेपाल  संवत् छठ पर्वको पनि शुभकामना आदान प्रदान भयको कार्यक्रमका सभाध्यक्ष कीर्तिपुर नगर उधोग बाणिज्य संघका अध्यक्ष राज्यलक्ष्मी शाक्यले जानकारी दिनुभएको हो ।
सम्पूर्ण नव कार्य समितिलाई बधाईं तथा शुभकामना–
उपत्यका नजिक रहेको ऐतिहासिक नगरी कीर्तिपुर नगरपालिकामा रहेका किर्तिपुर नगर उद्योग वाणिज्य संघका नवनिर्वाचित १९ जना कार्यसमितिका सम्पूर्ण पदाधिकारी लगायत सदस्यहरूलाई बाघभैरवको भाकल नित्य पूजा अर्चना गरिकन किर्तिपुर स्थित नव निर्माणाधिन सस.दि नेवाः रेष्टुरेण्ट, सस. त्वाः  कीर्तिपुर ३ सागल  टोलमा निर्वाचित अध्यक्ष श्रीमती राज्यलक्षी शाक्य लगायत सम्पूर्ण सदस्यहरूलाई अभिनन्दनका साथै शपथ ग्रहण सम्पन्न भएको थियो ।