Advertisement Banner
Advertisement Banner

२० आइतबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

साउदीमा यादवको टाउको झुण्डिनेभो

२८ सोमबार , असार २०७२११ बर्ष अगाडि

पाकिस्तानी नागरिकको हत्या गरेको आरोपमा धनुषाका उमेश यादवलाई टाउको काटेर २४ घण्टा झुण्ड्याउने अदालती फैसला जुनसुकै बेला कार्यान्वयन हुनसक्छ। पाकिस्तानी दूतावासले ब्लड मनी दिएर हत्या भएका नागरिकका परिवारलाई मनाउन सके फैसला उल्टिन सक्ने सम्भाबना छ तर नेपाली राजदूत उ दयराज पाण्डेले स्थानीय अभिभावकको भूमिका निर्वाह नगर्दा यादवको टाउको झुण्डिने भो भनेर साउदी अरवमा रोजगारीमा गएका सबै नेपालीहरु त्रसित बनेका छन्। भर्खर एकजना ब्लड मनी बुझाएर नेपाल फर्कन सफल भए पनि हत्या अभियोगमा मृत्युदण्ड पाएका नेपाली अरु पनि रहेको खबर छ। पर्वतका शान्तबहादुर पुन १४ वर्षदेखि जेलजीवन बिताइरहेका छन्। राजदूतहरु वैदेशिक रोजगारीमा गएका नेपालीहरुको पीडा सुन्न, तिनलाई सहयोग गर्न सहजकर्ताको भूमिका पटक्कै गदैनन् भन्ने उदाहरण थुप्रै मुलुकहरुमा देखिन्छ। राजनीतिक कोटामा राजदूत बन्ने भाग्यशालीहरु यही मौका हो कमाउने भनेर नेपालीले पाउने विमा, तिनको पासपोर्ट, भीसा र अन्य समस्याहरुलाई अझ जटिल बनाएर दुख दिने र नेपालीलाई नै शोषण गर्ने गरेका छन्। यही कारण राजदूतहरुबारे परराष्ट्र मन्त्रालयमा गुनासोको मोटो फाइल नै खडा भएको छ। राजदूत सक्रिय भइदिएका भए नेपाल सरकारले बेलैमा खबर पाउने थियो, गर्नुपर्ने दायित्व निर्वाह गर्ने थियो। धनुषाका उमेश यादव काटिने जोखिममा परेका छन् भने धनुषाकै डा.रामवरण यादव राष्ट्रपति छन्। राष्ट्रपतिले थाहै नपाएर हो कि ध्यान नदिएर हो, यादव काटिन लाग्दा पनि कुनै आग्रह गर्न सकेको देखिदैन।