Advertisement Banner
Advertisement Banner

२४ बुधबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

राजा ज्ञानेन्द्रकाे विशेष सन्देश सार्वजनिक

१९ शुक्रबार , मंसिर २०७७६ बर्ष अगाडि

राजाका सम्वाद सचिव डा. फणीराज पाठकको फेसबुक पेजमा राजा ज्ञानेन्द्र वीर विक्रम शाहबाट आज (वि.सं. २०७७ मंसिर १९ गते) देशवासीलाई बक्सेकाे विशेष सन्देश सार्वजनिक भएको छ।

प्यारा देशवासी दिदीबहिनी तथा दाजुभाई,
हाम्रा सवै मित्र, सहयाेगी तथा शुभचिन्तकहरूलाई आफ्ना व्यक्तिगत तुष्टी, पूर्वाग्रह र अनावश्यक शंका-उपशंका गर्नबाट टाढै रही ‘देशले माँगेकाे सहयाेग गर्न’ म सवैमा विनम्रतापूर्वक अनुराेध गर्दछु।
अहिलेकाे समय नेता वा नेतृत्वकाे खाेजी गर्ने बेला हाेइन, बरु आफूले सदैव विश्वास गरेकाे आस्थाकेन्द्र बारे अन्तरमनले हेर्ने र उनकाे आवाज सुन्ने बेला हाे।
केही प्रश्नहरू भए तपाईहरूले छातीमा हात राखेर आफ्नाे मनलाई सवैभन्दा पहिले साेध्ने, र अरूका कुरालाई पनि राम्ररी सुनेर मात्रै आफ्नाे निर्णय वा अभिमत बनाउनु उचित हुन्छ भन्ने मलाई लागेकाे छ। अव तपाईहरूसमक्ष आफ्नाे देशभक्ति प्रदर्शन गर्ने चुनाैति आएकाे छ!
आ-आफ्नाे सामर्थ्य र गच्छेअनुसार जे-जस्ताे तरिकाले भए पनि आफ्नाे अटल समर्थन र विश्वास अभिप्रकट गर्न तपाईहरूले आम जनसमुदायकाे आकाँक्षालाई सफलीभूत पार्न जनताले चालिरहेका कदमहरूलाई साथ दिनुहुनेछ भन्ने कुरामा म दृढविश्वस्त छु! कृपया, याे आव्हानलाई तपाईहरूले आफ्नाे मातृभूमीकाे पूकार सम्झिनु हाेला! जय देश !