Advertisement Banner
Advertisement Banner

१५ मंगलबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

पाँचकन्या गड्यौली माईको उत्पत्ती

०९ सोमबार , चैत्र २०७७५ बर्ष अगाडि

“म यहाँ गढेर बसेकी छु मलाई निकाल, राष्ट्रको पनि कल्याण हुन्छ, यहाँहरूको पनि कल्याण हुन्छ” भन्नु भएकी साक्षात शक्तिमाता महादेवीको आदेश मुताविक माता नानुले प्रकट गराउनु भएकी श्री शक्ति स्वरुपा पाँचकन्या गड्यौली माईको उत्पत्ति खरेडोल, नल्लु २, ललितपुरमा भएको हो ।
मन्दिरको लागि क्योम्जोमसोम गाउँ पालिकाबाट ५०,०००।– (पचास हजार) आर्थिक सहायता प्रदान गरेकोमा त्यसको स्वागत गर्दै त्यसमा प्रचार सचिव  डा.मृगेन्द्र श्रेष्ठबाट रू. ५,०००।– (पाँच हजार), कोषाध्यक्ष रोशनकृष्ण रंजितबाट रू.२,०००।– सचिव शंकर मघैयाबाट रू. २,०००।– र अन्य दाताहरू र स्थानिय बासिन्दाहरूबाट चन्दा उठाएर मन्दिरमा तयार गर्नु पर्ने संरचनाहरू तत्कालै निर्माण गर्ने प्रस्तावलाई हालैको वार्षिक साधारण सभाले पारित गरेको छ ।
संरक्षिका नानु माताले पुन बलिन्द्र आँसु चुहाउँदै देशलाई लथालिङ्ग र भताभुङ्ग अवस्थामा पु¥याउने दैत्यहरूलाई संहार गर्न महाकालीलाई पुकार गर्दै हाम्रो पुकारलाई चाँडै सुनोस भन्दै प्रार्थना गर्नु भएको छ । संस्थाका अध्यक्ष मान बहादुर स्याङतानले राजाको सवारीको लागि सम्पूर्ण वातावरण तयार पार्न गाउँलेहरू विच विचार आदान प्रदान र परामर्श भइरहेको बारे बताउनु भएको छ ।