Advertisement Banner
Advertisement Banner

१५ मंगलबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

पत्रकारले गरे रक्तदान

०४ मंगलबार , जेठ २०७८५ बर्ष अगाडि

कोरोना संक्रमितको संख्या दिनहुँ बढे सँगै अस्पतालमा देखिएको रगतको चरम अभाव पूर्तिका लागि तीन संस्थाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटीले सामान्य गर्भवती महिला र अप्रेसन गर्नुपर्ने बिरामीका लागि समेत आवश्यक रगत अभावले अप्रेसन हुन नसकेको बताएपछि निषेधाज्ञा कै बीच आकस्मिक रुपमा रक्तदान कार्यक्रम आयोजना गरिएको लायन्स क्लब अफ काठमाडौं सोसियल फ्रेन्डसका अध्यक्ष भुषणकुमार श्रेष्ठले बताए । रक्तदान अटो नेपाल, सहयोगी महिला जागरण मञ्च र लायन्स क्लब अफ काठमाडौं सोसियल फ्रेन्डको संयुक्त आयोजनामा रातोपुलमा भएको हो ।
रक्तदान कार्यक्रममा पत्रकारले नै बढी रक्तदान गरेका छन् । विभिन्न अनलाइन, टेलिभिजन र प्रिन्ट मिडियाका ११ जना पत्रकारले समेत रक्तदान गरेका हुन् । रक्तदान कार्यक्रममा पुरुष भन्दा महिलाको संख्या बढी देखिएको थियो । कार्यक्रममा २३ पिन्ट रगत जम्मा गरिएको आयोजक श्रेष्ठले बताए । 
‘हामीले सहयोग गर्ने यस्तै अवस्थामा हो । सम्भव भएसम्म हरेक दुई–दुई हप्तामा हामी सकेको रगत संकलन गरेर रेडक्रसलाई बुझाउने छौं । निषेधाज्ञाकाबीच हामी बाहिर निस्कन सक्ने अवस्थामा छैनौं । तर अत्यन्त आकस्मिक पर्यो भने जीवनरक्षाका निम्ति जस्तो पनि सहयोग गर्न तयार छौ,’ अध्यक्ष श्रेष्ठले भने, ‘कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर फेरी पनि रक्तदान कार्याक्रम आयोजना गरिने छ ।’