Advertisement Banner
Advertisement Banner

२३ मंगलबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

चाइनिज सरकार मूर्दावाद भन्ने को ?

२८ बुधबार , पौष २०७८५ बर्ष अगाडि

काठमाडौं । पुस २८ गते । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेकाले स्वतन्त्र नागरिक समूह नामको संस्थाले चाइनिज सरकार मूर्दावाद भन्ने प्लेकार्ड सहित विरोध प्रदर्शन गरेको छ । माइतीघर मण्डलामा यो प्रदर्शन हुँदा प्रहरीको बाक्लो उपस्थिति थियो । प्रदर्शनमा सहभागी नावालिगसमेत थिए । एक सदस्यले बताए– अन्य प्रजातान्त्रिक मुलुकविरुद्ध समेत चीनले गतिविधि गरिरहेकाले चीनको विरोध गरिएको हो ।
२ दर्जनजति प्रदर्शनकारीहरुले हात हातमा ‘चीन सरकार मुर्दावाद, चिनियाँ हस्तक्षेप बन्द गर, सीमा अतिक्रमण बन्द गर, अघोषित नाकाबन्दी खुला गर, तेस्रो देशसँगको सम्बन्धमा नखेल, नेपाली विद्यार्थीहरुको पढाइ सुचारु गर’जस्ता प्लेकार्ड बोकेका थिए । एक सदस्य रामु लामाले बताए– चीनले रसुवा र तातोपानीमा अघोषित नाकाबन्दी लगाएको छ । नेपालको तेस्रोदेशसँगको सम्बन्धमा चलखेल गरिरहेको छ । यसैको विरोध गरेको उनको विचार थियो ।
रामु लामा, सन्ध्या नामकी युवतीले स्पष्ट बताए– चिनियाँ राजदूत हाउ यान्छीले एमसिसीविरुद्ध र भारतविरोधी बढाएको सक्रियताको विरोध गर्न कोरोनाको खतरा मोलेर भए पनि सडकमा उत्रनु परेको हो ।