Advertisement Banner
Advertisement Banner

२० आइतबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

Apollo Gleneagles Hospitals, Kolkata को काठमाडौंमा सम्पर्क कार्यालय उद्घाटन

२१ सोमबार , भाद्र २०७२११ बर्ष अगाडि

काठमाडौं। एपोलो ग्लेनिगल्स अस्पताल, कोलकाताको सम्पर्क कार्यालय भदौ ६ गते काठमाडौंमा स्थापना गरिएको छ। यसको संलग्नतासहितको भूमिका तीनकुने स्थित इम्पायर डाइग्नोसिस सेन्टर एण्ड डेन्टल हस्पिटलले गरेको छ। यसबारेमा एपोलो ग्लेनिगल्सका सिनियर अर्थोपेडिक डाक्टर तथागत दास र अन्कोलोजिष्ट डा. विकासकुमार अग्रवालले आकर्षक दृश्यसहितको प्रस्तुतिका साथ नेपालीको सुस्वास्थ्यको कामना सहित सम्पर्क कार्यालय खोलेको र हरेक महिना आफूहरु नेपालीको स्वास्थ्य जाँच गर्न काठमाडौं आउने घोषणा पनि गरे। यसअघि यी विशेषज्ञ डाक्टरहरुले दुई दिने निशुल्क स्वास्थ्य चेकअप क्याम्पबाट सेवा दिएका थिए।
शरीरका हाडजोर्नी फेर्ने र क्यान्सरका रोगहरुका बारेमा यी दुबै डाक्टरले होटल सोल्टीमा जुन प्रकारले प्रस्तुतीकरण गरेका थिए, त्यसबाट नेपाली डाक्टरहरुसमेत प्रभावित भएका छन्। यद्यपि कार्यक्रममै ग्य्राण्डी अस्पतालका डाक्टरले हाडजोर्नी फेर्दा लाग्ने लागतबारेमा प्रश्न राखेका थिए। प्रश्नोत्तरका क्रममा डा.तथागत दासले २ देखि ३ लाख लाग्ने बताएपछि ती डाक्टर चकित परेका थिए। उनको अनुमान थियो– कम्तिमा १० लाख त लाग्ला?
कार्यक्रमको व्यवस्थापन अस्पतालका डेपुटी जनरल मेनेजर गौतम बन्धोपाध्यायले गरेका थिए। उद्योगमन्त्री महेश बस्नेतले यो अस्पतालको सम्पर्क कार्यालयको उद्घाटन गर्दै अस्पतालले नेपाली विरामीहरुलाई सहज सेवा दिने विश्वास गरेका थिए। कार्यक्रममा पत्रकारसहित नेपाली समाजका सबै तह र तप्काका प्रतिनिधिहरु सहभागी भएकाले रंगारङ् कार्यक्रम भएको अनुभूति गर्न सकिन्थ्यो।
कार्यक्रममा बितरित प्रेस वक्तव्यको पूर्णपाठ यस्तो छ– भारतको प्रखयात अस्पताल एपोलो ग्लेनिगल्स हस्पिटल कोलकाताले नेपालमा एक सूचना केन्द्रको स्थापना गरेको जानकारी सबैलाई गराउन चाहन्छौं। यस सूचना केन्द्रले एपोलो हस्पिटलको उपचार तथा सुविधाको विषयमा सम्पूर्ण जानकारी उपलव्ध गराउनेछ। प्रत्येक महिना यसअस्पतालका विशेषज्ञ चिकित्सक आउनु भई यसैसूचना केन्द्रबाट स्वास्थ्य सेवा समेत प्रदान गर्नुहुनेछ। नेपालमा रहनु भएका विरामीहरुलाई उचित परामर्श प्रदान पनि यसै सूचना केन्द्रले गर्ने कुरा पनि सहर्ष जानकारी गराउँदछौं। एोलो ग्ेनिगल्स हस्पिटलले आफ्नो स्थापना कालदेखि नै विशेषज्ञ स्वास्थ्यकर्मीको सहायताबाट उपचार गर्दै आइरहेको छ। हाल विश्वमा उपलव्ध जति पनि अत्याधुनिक उपचारका प्रविधि छन् ती सबै आफ्नो हस्पिटलमा भित्र्याएर गुणस्तरीय सेवाप्रदा नगरिहरको छ। स्त्रीरोग तथा क्यान्सर रोग सम्बन्धी विशेष सेवाको लागि भारतको केही अस्पतालमध्ये आफू पनि अत्याधुनिक प्रविधियुक्त अस्पताल भएकोमा यस एपोलो हस्पिटल गर्व पनि गर्दछ।
पूर्व भारतमा एपोलो अस्पतालले सफल रुपमा अत्यन्त जटिल मानिने कुर्कुच्चा तथा कुम प्रतिस्थापन सफलतापूर्वक सम्पन्न गर्न पनि सफल भएको छ। क्यान्सर केन्द्र स्थापना गरेको ६ वर्षको अवधिभित्रै यस अस्पतालले सफल उपचार गरी विरामीकोआयु केही हदसम्म बढाउन सफल भएको पनि जानकारी गराउँदछौं।
एपोलो ग्लेनिगल्स हस्पिटल कोलकाताले आफ्नो सूचना केन्द्र काठमाडौंको तिनकुने स्थित एम्पायर डाइग्नोष्टिक सेन्टर तथा डेन्टल हस्पिटल प्रालिबाट हुने जानकारी यहाँहरुलाई गराउँदछौं।