Advertisement Banner
Advertisement Banner

२३ शनिबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

चीन-अमेरिका सम्बन्ध सम्वेदनशिल मोडमा

२३ सोमबार , श्रावण २०७९४ बर्ष अगाडि

अमेरिकी तीन शीर्ष अधिकारीहरूमध्येकी पेलोसीले चीनको चासोलाई बेवास्ता गर्दै ताइवान भ्रमण गरेपछि चीनले शुक्रबार अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी र उनको निकटतम परिवारका सदस्यविरुद्ध प्रतिबन्ध लगाएको छ।

पेलाेसीकाे भ्रमणले चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप गर्ने, चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई कमजोर पार्ने, एक चीन सिद्धान्तलाई कुल्चिने र ताइवान क्षेत्रमा शान्ति र स्थिरतालाई खतरामा पार्ने पनि चीनको विदेश मन्त्रालयले जनाएको छ।

दुताबासहरू पनि बन्द हुन सक्ने संभावना छ

ताईवानलाई उचाल्न पेलोसीलाई पठाएपछि चीनले अमेरिकासंग सहकार्यका रूपमा चल्दै आएका वरिष्ट सैन्य कमान्डहरुबीचको संवाद, जलवायुु सम्बन्धी वार्ता, सीमापार अपराध रोकथाम तथा अवैध आप्रवासी फिर्ता, प्रतिरक्षा नीति समन्वय वार्ता, सामुद्रीक सैन्य सल्लाह सम्झौता बैठक, अपराधिक मामिलाहरुमा कानूनी सहायतामा सहयोग, अन्तर्राष्ट्रिय अपराधहरुका विरुद्ध सहयोग र मादक पदार्थ विरुद्ध सहयोग सम्बन्धि सहकार्यहरु’ रद्द गरेको छ। अब सम्वेदनशिल मुद्दाहरुमा चीन र अमेरिकाका बीचमा वार्ता समेत नहुने भएपछि यसले गम्भीर रुप लिने कुरा निश्चित छ। अमेरिकी उद्दण्डताले गर्दा विस्तारै एक अर्काका देशका दूताबासहरू पनि बन्द हुनसक्ने संभावना छ।

@danfetv