Advertisement Banner
Advertisement Banner

२३ मंगलबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

चीनको बोर्डरमा नेपालीको रूवावासी

०६ सोमबार , भाद्र २०७९४ बर्ष अगाडि

काठमाडौं । चीनले किन सामान बेच्यो र नेपाल पठाउन बन्देज लगायो ? नेपालका उत्तरी नाकामा नेपाली व्यवसायीले आयात गरेका डेढ अर्वका सामानहरू बोर्डरपारी अलपत्र परेका छन् । ती सामान नेपाल पठाउन चीनलाई अनुरोध गर्न न पार्टी नेता, न सरकार कसैले वास्ता गरेका छैनन् ।
परराष्ट्रमन्त्री चीन पुगेर आए, उनलेसमेत चीनलाई नाका सुचारू गरिदिन आग्रह गर्न सकेनन् ।
यो गठबन्धन सरकार चुनाव जित्नका लागि एक भइरहेका छन् । अमेरिका पुगेर सम्झौता गर्ने, उनीहरूलाई सहज बनाइदिने, भारतलाई विद्युत आयोजना होल्ड गर्न दिने, दलाई लामालाई लुम्बिनी भ्रमणको चाँजोपाँजो मिलाउन लागिपर्ने, तिब्बती शरणार्थीलाई संगठित गराउने तर चीनलाई एक चीन नीतिमा नेपाल प्रतिवद्ध छ भनेर सुनाउने, नेपालको परम्परागत नीतिलाई कमजोर पारेर नेपाललाई कमजोर बनाउने काममा ५ दलीय गठबन्धन लाग्नु मात्र मंंसिर ४ को निर्वाचन जित्नका लागि हो । देश प्राथमिकतामा देखिदैन यिनको ।