Advertisement Banner
Advertisement Banner

२३ मंगलबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

हिन्दू अधिराज्य पक्षधरका उम्मेदवारलाई मात्र मतदान गर्न महासंघको अपिल

३० बुधबार , कार्तिक २०७९४ बर्ष अगाडि

हिन्दू अधिराज्य पक्षधरका उम्मेदवारलाई मात्र मतदान गर्न महासंघको अपिल

विश्व हिन्दु महासंघ संसार भरिका हिन्दु ॐकार परिवारको छाता संस्था हो । विश्वका विभिन्न भागमा छरिएर रहेका हिन्दु धर्म संस्कृतिका अनुयायीहरुलाई एक सूत्रमा बाँधी संगठित तुल्याउने र नेपालको हिन्दु अधिराज्यको पहिचानलाई अक्षुण राख्ने उद्देश्य लिई विश्व हिन्दु महासंघले नेपाल लगायत संसारका विभिन्न मुलुकहरुमा आफ्नो शाखा विस्तार गरी निरन्तर सक्रिय रहि आएको छ ।
संसारको एक मात्रै हिन्दु अधिराज्यको पहिचान भएको हाम्रो देश नेपाललाई विधर्मीहरुको इशारामा केही निश्चित दलका नेताहरुले आर्थिक प्रलोभनमा परी जन चाहना विपरित धर्म निरपेक्ष गरिएकोमा सम्पूर्ण हिन्दुहरुको आस्थामा चोट पुगेकाे छ ।
यसै सन्दर्भमा आसन्न निर्वाचन २०७९ का सम्वन्धमा मन्थन गर्दा
पटक–पटक स्वार्थी र विधर्मी नेताहरुलाई मतदान गरी पठाउँदा हाम्रो भाषा, धर्म, संस्कृति, सामाजिक सद्भाव, परम्परागत मूल्य मान्यता एवम् सांस्कृतिक एकता दिनानुदिन विचलन हुन पुगेको महसुस गरिएकोछ ।
अत: महासंघमा आवद्ध सम्पूर्ण संघ संस्थाहरु, विशिष्ट आजीवन सदस्यहरु, शुभेच्छुक र सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा मन, वचन र कर्मले संकल्प गरी यही २०७९ मंसीर ४ गते हुने निर्वाचनमा आफ्नो भाषा, धर्म, संस्कृतिको संरक्षणमा समर्पित र हिन्दु अधिराज्यका पक्षधर दलका नेतालाई मतदान गर्न हुन आज मिति २०७९/ ०७/३० गतेकाे कार्यसम्पादन समितिकाे निर्णय अनुसार ॐकार परिवारका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा अनुरोध गर्दै याे बिज्ञप्ती जारी गरिएको छ ।
अस्मिता भण्डारी
कार्यवाहक अध्यक्ष
बिश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समिति
1.8k
SHARES
 

 काठमाडौं कार्तिक ३०,
विश्व हिन्दू महासंघले पछिल्लो समय मुलुकमा विधर्मीहरुको बड्दो प्रभावलाइ निस्तेज बनाउँन आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाषा, धर्म र संस्कृतिको संरक्षण एवम् हिन्दू अधिराज्य  पक्षधरका दलीय उम्मेदवारलाई मतदान गर्न आह्वान गरेको छ।

महासंघकी कावा अध्यक्ष अस्मिता भण्डारीले महासंघको आज बसेको कार्य सम्पादन समितिको बैठक पछि एक विज्ञप्ति जारी गर्दै स्वार्थी र विधर्मी नेताहरूलाई पटक पटक नेतृत्वमा पठाउँदा भाषा, धर्म र संस्कृति मात्र नभई सामाजिक सद्भाव, परम्परा तथा धार्मिक मूल्य मान्यता र सांस्कृतिक एकतामा दिनानुदिन विचलन सिर्जना हुँदै आएको पक्षप्रति गम्भीर बन्दे आसन्न निर्वाचनमा सचेत हुँदै हाम्रो धर्म संस्कृतिको रक्षाका लागि हिन्दू अधिराज्यको पक्षमा रहेका उम्मेदवारलाई मात्र मतदान गर्न अपिल गर्नुभएकोछ ।