Advertisement Banner
Advertisement Banner

२३ मंगलबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

थप ४० हजार पठाउने प्रकृया सुरु

०१ सोमबार , फाल्गुण २०७९४ बर्ष अगाडि

कोरियाले चालु वर्षमै ४० हजार कामदार लैजानेभएपछि प्रकृया सुरु गरिएको छ । यसवर्ष निर्माण, उत्पादन र कृषि क्षेत्रमा नेपाली कामदार लैजाने कोरियाली श्रम उपमन्त्रीले बताएका छन् ।
समाचारअनुसार कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आउँदो एक वर्षभित्रै ४० हजार नेपाली कामदार लैजाने जनाएपछि कोरिया जान चाहने नेपाली युवाहरुमा चासो बढेको छ । खासगरी कोरियाका श्रम तथा रोजगार उपमन्त्री पार्क जोङपिलले नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्याललाई कामदार लैजाने जानकारी दिएपछि कोरिया जान चाहने र प्रतिक्षामा रहेकाहरुले थप तैयारी थालेका छन् ।
उपमन्त्री जोङपिल कोरियाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को १७ औं एसिया तथा प्रशान्त क्षेत्रीय बैठकमा सहभागी हुन सिंगापुर आउँदा नेपाली सचिवसँगको भेटमा उपमन्त्री पार्कले ‘नेपालबाट एकै वर्षभित्र निर्माण, उत्पादन र कृषि क्षेत्रमा ४० हजार नेपाली ल्याउँछौं’ भनेपछि नेपाली श्रम बजारमा खुशी छाएको छ । अहिलेसम्म यसरी एकैवर्ष ४० हजारको संख्यामा नेपाली कामदार कोरिया पठाइएको थिएन ।
कोरियाले कामदार आपूर्ति गर्न १६ मुलुक छानेको छ । छानिएकामा पनि नेपाली कामदार मेहनती, इमानदार भएकाले कोरियाले नेपाली कामदारलाई उच्च प्राथकितामा राखेको छ ।
नेपालले ईपीएसअन्तर्गत कामदार पठाउन थालेको १२ वर्ष भयो । यो अवधिमा ठूलो समस्या केही आएको छैन, नेपाली कामदारको उच्च आकर्षणमा कोरिया रहेको छ । इपीएस संयन्त्रले पनि सफलतापूर्वक काम गर्दै आएको छ । सिंगापुरको भेटमा नेपाली पक्षले कामदार पठाउन नेपाल तैयार रहेको जनाउ दिएको छ । हालसम्म इपीएस अन्तर्गत ७५ हजार नेपाली कामदार पुगिसकेको बताइएको छ । यसमा ५ हजार महिला रहेका छन् । ३ हजार कामदार लुकेर र गैरकानुनी रुपमा बसेकोमा कोरियाले चिन्ता प्रकट गरेको छ । छिटै पेशागन रुपमा पनि कामदार लैजान सकिने विषयमा सामान्य वार्ता भएको छ ।