Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

एमसीसी कार्यान्वयन घोषणा गर्न उपाध्यक्ष क्यामरुन आए

१३ बुधबार , भाद्र २०८०३ बर्ष अगाडि

एमसीसी कार्यान्वयन घोषणा गर्न उपाध्यक्ष क्यामरुन आए

भदौ १२ गते एमसीसी उपाध्या क्यामरुन एस एलफोर्ड नेपाल आएका छन् । क्यामरुन अपरेशन विभाग प्रमुख हुन् । एमसीसी कार्यान्वयनमा भदौ १३ गते देखि ५ वर्षमा सम्पन्न हुनेगरी घोषणा हुने छ, अर्थ मन्त्रालयले आयोजना गर्ने विशेष कार्यक्रममा कयामरुन सहभागी हुनेछन् । आजै लेटर अफ एक्सचेन्ज मार्फत आजैदेखि कार्यान्वयनमा एमसीसी जानेछ ।
अमेरिकी दूतावासका अनुसार ‘नेपालसँगको एमसीसी सम्झौताको सुरुवातको अवसर पारेर एमसीसीका सम्झौता कार्य–सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपालको भ्रमणमा आउनु भएको छ। नेपालको नेतृत्वदायी भूमिका रहेको यस एमसीसी सम्झौताको प्रगतिबाट अमेरिकी सरकार उत्साहित भएको छ, नेपालमा एमसीसीको कार्य अवधिभर बृहत्तर सरोकारवालाहरू, नेपालका सरकारहरू र राजनीतिक दलहरूको निरन्तर सहयोगबाट मात्र यो सम्भव भएको हो । यस सम्झौताको सफल कार्यान्वयन सुनिश्‍चित गर्न एमसीए–नेपालसँग साझेदारी गर्न हामी प्रतिबद्ध छौँ।’
दूतावासले यो परियोजना सफल पार्न सबै जिम्मेवार र लगनशील रुपमा काम गरिरहेकोमा खुशी व्यक्त गरेको छ ।
भदौ १३ गतेदेखि  ‘इन्ट्री इन्टु फोर्स’ को मिति तय गरिएको थियो ।
तर नेकपा विप्लवले विरोधको स्वर उठाएका छन् । यिनी फर्किएपछि प्रभावशाली सिनेटर क्रिस भान होलेन नेपाल आउने कार्यक्रम तय भएको छ ।