Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

चीनले नेपाली भूभाग भारतभित्र किन देखायो ?

१८ सोमबार , भाद्र २०८०एक बर्ष अगाडि

चीनले नेपाली भूभाग भारतभित्र किन देखायो ?

काठमाडौं । चीनबाट चिकपा प्रतिनिधि र जर्नेल स्तरका सैनिक टोलीले समेत बारम्बार नेपाल भ्रमण गरिरहेका छन् । भारत र अमेरिकाबाट जति बाक्लो भ्रमण भइरहेको छ, चीनबाट पनि त्यत्तिकै तरिकाले भ्रमण भइरहेको छ ।
शनिवार नेकपा एमालेका २२ जना नेता चीन भ्रमणमा हिंडेका छन् । भदौ ३० गते अमेरिका पुग्ने प्रधानमन्त्री प्रचण्ड असोज ४ गते राष्ट्रसंघमा संवोधन गरेर चीनको भ्रमण गर्ने कार्यक्रम छ ।
यति नै बेला चीनले नेपालको चुच्चे नक्सा खारेज गरेको सन्देश दिदै बुच्चे नक्सा सार्वजनिक गरेको छ । नेपालको सार्वभौमिकतामा सधैं सम्मान र सद्भाव राख्ने चीनबाट यस्तो कार्य किन भयो ?
चीनले नेपाली भूभाग भारतको किन देखायो ?
नेपालका कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतले आफ्नो नक्सामा समावेश गरिसकेको छ । नेपालले आफ्नो नक्सा अध्यावधिक गर्दै संसदबाट सर्वसम्मतिबाट ती क्षेत्र नेपालको हो भनेर संविधानमा नै समावेश गरेका छ । तर ती क्षेत्रमा नेपालको हकभोग छैन । भारतले कब्जा गरेर शासन गरिरहेको छ ।
चीनको प्राकृतिक संशाधन मन्त्रालयले २८ अगष्ट (११ भदौ) मा नक्सा जारी गरेर के नेपालको नक्सालाई चीनले मान्यता दिन अस्वीकार गरेको हो ? ‘२०२३ को स्ट्याण्डर्ड म्याप’मा नेपालको बुच्चे नक्सा देखिनुका विषयमा संसद, सरकार, प्रधानमन्त्री, प्रतिपक्षी नेताहरू सबैले चासो राखेर चीनसँग वार्ता गर्न जरूरी छ । भारतले दावी गरेको अक्साइ क्षेत्र र अरूणाचल प्रदेश चीनको नक्सामा पर्दा भारतले बिरोध जनाइसक्यो । भारतका बिदेशमन्त्रीले नै टीभीमार्फत चीनमाथि बेतुकको दाबी भनेका छन् ।