Advertisement Banner
Advertisement Banner

३० शनिबार, असार २०८१17th April 2024, 11:33:48 am

नेपाल भूरणनीतिक चेपुवामा फस्दैछ

१८ सोमबार , भाद्र २०८०१० महिना अगाडि

नेपाल भूरणनीतिक चेपुवामा फस्दैछ

नेपाल भूराजनीतिक भुँमरीमा पर्दैछ । नेपाललाई भूराजनीतिक भार थेग्न गाह्रो पर्ने देखिँदैछ । नेपाल भूराजनीतिक मात्र होइन, भूरणनीतिक चेपुवामा पनि फस्दैछ । नेपाल भूराजनीतिक भुँमरीमा पर्दैछ । नेपाललाई भूराजनीतिक भार थेग्न गाह्रो पर्ने देखिँदैछ । नेपाल भूराजनीतिक मात्र होइन, भूरणनीतिक चेपुवामा पनि फस्दैछ । त्यसका पछिल्ला उदाहरण हेरौं । नेपालमा अहिले भारत, चीन र अमेरिका द्विपक्षीय र बहुपक्षीय आर्थिकदेखि सुरक्षासम्मका रणनीतिक कार्यक्रमका साथ अस्वस्थ र शत्रुतापूर्ण प्रतिस्पर्धामा छन्, जसका लागि नेपाल प्रोक्सिल्यान्ड बन्दैछ । सन् २०१७ मेमा बीआरआईको अंग बन्यो, सेप्टेम्बरमा एमसीसीको । अमेरिका बीआरआई कार्यान्वयन् नहोस् भन्ने र लविङ गर्ने, चीन एमसीसीलाई पान्डोरा बक्स भन्दै त्यसलाई अस्वीकार गरोस् भन्ने । अमेरिकाले नेपाल आईपीएसको अंग भयो भन्ने, चीनले जीएसआईको सदस्य बन्न दबाब दिने । सरकार आईपीएसको अंग बन्न खोज्ने, जीएसआई नमान्ने, जबकि यी दुवैमा नेपाल जानै सक्दैन ।
अमेरिका नेपाललाई प्रयोग गरेर चीनलाई रोक्ने, चीनले आफ्नो छिमेकमा बढेको प्रतिस्पर्धीको क्रियाकलाप रोक्ने । बरू भारतले विगतको तुलनामा आन्तरिक मामिलामा दक्खल दिएको अलि देखिँदैन । यद्यपि उसले पनि आफ्ना उद्देश्य प्राप्तिका लागि प्रयास गरिरहेकै छ । नेपाल चीन र अमेरिकाको शक्ति संघर्षको छद्मभूमि बनिसक्यो । यस्ता थुप्रै गतिविधि नेपालमा बढेका छन्, जसको केन्द्रमा नेपालको हित छैन, हामीलाई उनीहरूका निहित स्वार्थपूर्तिका लागि रणनीतिक रूपमा प्रयोग गरिएको छ ।
छिमेकी र पश्चिमाको निशानामा नेपालका दुई क्षेत्र परेका छन् यतिबेला । पहिलो, नेपालको अपार प्राकृतिक स्रोत, जसमाथि नियन्त्रणको प्रयास जारी छ । दोस्रो, प्रजातान्त्रिक भनिएका सबै संस्थाहरूलाई तहसनहस पारेपछि राष्ट्रिय सुरक्षाको जिम्मा लिएको नेपाली सेनालाई पनि विवादित बनाउँदै समाप्त पार्ने भन्ने छ । सेनालाई कमजोर बनाउन सकियो भने बेरोकटोक आफ्ना घरेलु खेताला र पपेटमार्फत रणनीतिक लक्ष्य हासिल गर्न सकिन्छ भन्नेमा उनीहरू छन् । यी सबैमा नेपाली भूमि प्रयोग भइरहेको छ । यो सरकार पनि त्यसमा प्रयोग भइरहेको छ वा त्यसलाई नै आमन्त्रित गरिरहेको छ ।
तर विदेशीलाई दोष थोपरेर हुँदैन, हाम्रो देश बनाउने हामीले हो । हामीले सोच्ने हो, उनीहरूले आफ्नै स्वार्थ हेर्छन् । हामीले हाम्रो स्वार्थ हेर्र्ने हो । हामीले हाम्रो भूराजनीतिक संवेदनशीलता हेर्नुपर्छ, यो संवेदनशीलतालाई महसुस गरेर । तर नेपालको राष्ट्रिय स्वार्थलाई प्रधान मानेर अघि बढ्नुपर्छ भनेर थाक्ने गरी बोल्यौं ।
सायद आज विदेश नीति र परराष्ट्र सम्बन्धवारे सबैभन्दा बढी उच्चारण गरिएको वाक्यांश भूराजनीतिक संवेदनशीलता हो । तर यसैलाई सत्ता प्राप्ति र निहित व्यक्तिगत, पार्टीगत स्वार्थको साधन बनाइँदैछ । जस्तो– नेपाल विश्वका दुई उदीयमान अर्थतन्त्र भएका देश चीन र भारतको बीचमा रहेको छ । उनीहरूको तुलनामा सानो तर करिब दुई देशलाई हेर्दा मध्यम आकारको राष्ट्र हो नेपाल । संसारले चीन र भारतसँग विकासदेखि रणनीतिमा सहकार्य गर्दैछन् । तर नेपालका पार्टी र जनमत विशाल छिमेकीप्रति विभाजित छ । (साभार– गोपाल खनाल)