Advertisement Banner
Advertisement Banner

०८ आइतबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

मेरो हृदयको लुम्बिनी : पासाङ शेर्पा

०५ सोमबार , माघ २०७१११ बर्ष अगाडि

बुद्धभूमि लुम्बिनी अव विश्वव्यापी भइसक्यो। पवित्र यो वुद्धभूमि लुम्विनीमा हुनेवाला कमलको फूलको आकारको विश्वशान्ति सहरको आध्योपान्त चर्चागर्ने हेतुले यो आलेख लेख्दैछु। क्योटो सहर वनारस, वेत्लेदेम मक्का मदिना जेरुसलेम भन्दा पनि उत्कृष्ट सहर हो विश्वशान्ति सहर लुम्विनी बन्नेवाला छ भन्नु परेको दुखत अवस्था विध्यमानछ किनभने एउटा नेपाली आख्यान्ा् छ मधौरोले माड खाइदिएमात्रै धामीको मन्त्र लाग्छ। यहाा विचार गर्नैपर्ने पक्ष के छ भने लुम्विनी विकास कोषका कार्यकारिणी उपाध्यक्ष्यमा नियुक्त हाुदै आएका तत्कालीन श्री ५ यूवराजधिराज ज्ञानेन्द्र शाहदेखि ओमकारप्रसाद गौचन, चन्द्रकला अधिकारी र बहालवाला कर्मस्याङबो शेर्पासम्मले लुम्विनीलाई दिएको योगदान नगण्य छ। जे जति हुनुपर्थ्यो, गर्नुपर्थ्यो हुनसकेन। नेपालमा रहेका बुद्धिष्टका विभिन्न सम्प्रदाय तथा मान्यता बोकेका बुद्धिष्टहरुले यो लुम्विनीप्रति देखाएको तत्परताको वर्णन निराशाजनक छ। नेपाली धर्तिमा जन्मेका एकमात्र विश्वविख्यात महामानव सिद्धार्थ गौतम बुद्धको जन्मभूमि नेपाल त हो तर बुद्धप्रति हामी कति इमान्दार भयौं, त्यो बढी महत्वपूर्ण प्रश्न हो। हामी त्यो महामानवको विराशतमा उभिएर अथवा त्यो कालजायी युगपुरुषको उत्तराधिकारीको रुपमा जिम्मेवारी पाएर त्यो जिम्मेवारीलाई कतिको गम्भिरर्तापूर्वक उठायौं? समयले यसको सकारात्मक जवाफ खोजेको छ।  
लुम्विनीको विकासका लागि विदेशी वुद्धिष्टहरुले जे जति पहहलकदमी लिएका छन्, हामी नेपाली नागरिक, सरकार र समाजबाट मन, वचन र कर्मले योगदान गरेको देखिदैन। यो तितो सत्य हो। अव पनि हामीले यो यथार्थवोध नगर्ने र लुम्बिनीप्रति जिम्मेवारीबोध नगर्ने हो भने हामी बुद्धका देशका नागरिक हौं भन्न लजाउनु पर्छ। हेक्का रहोस्।
वुद्धिजमलाई सम्राट अशोकको त्यो खालको योगदान नभएको थियो भने आजको एसियाको मात्र नभएर पुरै विश्वमा आजको माहोल भनौ वुद्धिजमको विराशत स्थापित हुनसक्ने थिएन।  बुद्धिजम दक्षिणतिर फैलिएको सन्दर्भमा  सम्राट अशोकलाई श्रेय दिने होइन कि नेपालीहरुले जेजति सके त्यति बुद्धधर्मको प्रचारमा जुटे। तत्कालीन समयमा पनि क्रियाशील भए। यसैका कारणले तिवतीयानहरुले आफ्नो भाषा वांममयमा पनि मनग्य विकास गरेको यथार्थ हो। नेपालकी छोरी भृकुटीको बुद्धधर्म प्रचारमा बिर्सनै नसकिने योगदान रह्यो। यो बुद्धिष्टका जेजतिपनि श्रृजनाहरु थिए वेदमन्त्र श्लोकहरु, भजन कीर्तन, निवन्ध, यी सवै संस्कृतमा र केही मात्र पाली भाषामा भएका छन्। र, तिवतियनले सम्वोटामा अनुवाद गरेको यथार्थ हो। यो पाली र संस्कृतमा उपलब्ध रचना र कृतिहरुको संग्रह गर्नुमा सारनाथ, कुशिनगर तथा लुम्विनीमा त्यो माहोल निर्माण गरिदिएर अनुकूल परिस्थितिको चााजोपाजो पनि तिनै अशोक सम्राटको कारणले नै सम्भव भएको हो। मनफूकाएर भन्ने हो भने बुद्धिजमको विकासमा मेरुदण्डको रुपमा सम्राट अशोकलाई लिन सकिन्छ र भविष्यमा यो देशको वौद्ध मार्गीहरु एकिकृत भएर संयुक्त प्रयत्नले वुद्धदर्शनको मर्म र भावना मुताविक लुम्विनीको विकास गर्दै जनमानसको विम्व विम्वमा बुद्धिजम् वसाउन सफल भईएछ भने अशोक सम्राट र उथान्तको सम्झनामा वार्षिक एउटा उत्सवमय कार्यक्रम गर्दा फरक पर्र्दैन। किनकि विश्वशान्तिका लागि छटपटिएको कुनै पनि नेताका लागि अशोक सम्राट उदाहरणीय छन्।
संयुक्त राष्ट्रसंघका तेश्रा महासचिव उथान्तको प्रयत्नको वारेमा सर्वश्रेष्ट र उत्तम मुल्याङ्कन गर्न चाहान्छु किनकी त्यस्तो परकाष्ठासहितको उचाइमा रहेको व्यक्तिहरुले वुद्धिजमको विकास खातिर सिद्धार्थको पदचापमा एकपछि अर्को कदम वढाउादै गएको इतिहास छ। यो इतिहास पृथ्वीबासी मानव समुदायको सेवागर्ने हेतुले लुम्विनीलाई माया गरेर पहल कदमी उठाउने व्यक्ति उनै हुन्। सन् १९६७ जतिखेर लुम्विनीसम्म पुग्नलाई गोरेटो वाटोहरुमात्र थिए, सुविधा सम्पन्न साधनस्रोत थिएनन्, त्यो अवस्थामा  लुम्विनी आएका उथान्तले हेलिकप्टरबाट दृष्टिगोचर गर्दा बरबर्ति आासु वगाएको कथन छ। यो कुन संवेदनशीलता होला, यो बुद्धप्रतिको कस्तो आकर्षण होला? बुद्ध कति महान रहेछन्, बुझ्नेका लागि श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिड भनेको यही हो। उथान्तले सन्सारभरिका मानव कल्याणका लागि बुद्धधर्मको महत्व बुझेरै आासु बगाएका हुन्। उनको कुनै थप स्वार्थ केही पनि देखिन्न।
हामी वुद्धिष्टहरुको निमित पुर्षाको नासो र बरदानका रुपमा रहेको छ लुम्बिनी। बुद्धलाई हामीले सम्मान गर्न सकेनौं र विश्वले पनि थाहा पाएन। त्यसैले कतिपय मुलुकका पाठ्यक्रममा बुद्ध भारतमा जन्मेको लेखियो, भारतले नै नक्कली लुम्बिनी बनाए, नेपालमा जन्मेका बुद्धका बारेमा अनेक दुष्प्रचारहरु भए। तर, उथान्तकालदेखि आजसम्मका अनेक प्रयासले ती सबै गलत प्रचारहरु निस्तेज भएर गएका छन्। पाठ्यपुस्तकहरु सच्चिएका छन्। विश्व लुम्बिनीप्रति झन झन आकर्षित भएर गएको छ। लुम्बिनी हेभन अफ पिसका रुपमा विकसित हुनथालेको छ। यही गतिलाई हामीले तिब्रता दिनुपर्छ। सबै नेपालीको ध्यान र लगन लुम्बिनीमा लाग्नुपर्छ। निश्चय नै लुम्विनी एकदिन विश्वकै सर्वोत्कृष्ट आकर्षक तथा पर्यटन केन्द्रको रुपमा विकाश हुनेछ। दैनिक ४० हजार पर्यटक ओइरिने छन् र त्यसको प्रतिफल नेपालले पाउनेछ। हामी नेपालीको शीर गर्वले उाचो हुनेछ।
र, एकजना पनि नेपाली छैनन् जसले उथान्तले जस्तो लुम्बिनी देखेर आासु बगाएको होस्। हामीले लुम्बिनीलाई कति बुझेछौं, कति सम्झेछौं र कति जीवनमा उतारेछौं। यो प्रश्न गम्भीर छ र यसको जवाफ हामीभित्रैबाट खोज्नुपर्ने आवश्यकता छ। बुद्धिजमको उन्नति र लुम्विनीको विकासको निमित संयुक्त राष्ट्रसंघका महासचिवहरु उथान्तदेखि वहालवाला वानकी मुनसम्म, योजनाविद प्रा. क्वाक र वास्तुविद जापानिज नागरिक केन्जोटांगेहरुले जसरी चिन्तनसहित प्रयासमारत रहेकाछन्, त्यो प्रशंसनीय छ। उनीहरुले बुद्धमाथि हस्तक्षेप गरेका छैनन्, बुद्ध सबैका हुन् भन्ने मान्यता राखेका छन्। हामी नेपालीमा त्यो स्तरको सोच विकास भइसकेको छैन। लुम्विनीको अव्यवस्था र दुरावस्थाको कारण हाम्रो मानसिकता हो। हामी भाषणमा, प्रचारमा, अभिव्यक्तिमा, अन्तरवार्तामा चिन्ता गर्छौं तर व्यवहारमा हामीभित्र उत्साह नै छैन। हामी र हाम्रा धार्मिक गुरुहरुले लुम्विनी विकासको निमित देशभित्र र देशवाहिर सहयोगको याचना गर्छन्, हामी लुम्बिनीप्रति प्रतिवद्ध भए सहयोगको वर्षा हुन्छ भन्ने बुझ्दैनौं। हामीलाई हाम्रै स्वार्थ प्यारो छ र बुद्धधर्मको आडमा विदेश घुम्ने, डलर हात पार्ने हाम्रो स्वार्थले हामीलाई गााजेको छ। लुम्बिनी विकास कोषको खातामा जम्मा भएको सहयोग रकम सदुपयोग भए नभएको हेर्ने निकायसम्म छैन। विश्वमा  वुद्धिजमलाई माया गर्ने समुदाय कति छन् कति, वेवसाईटमा कमलको फूलमा रुपान्तरित लुम्विनी विश्वशान्ति सहरको तस्वीर समेत राखेर संम्प्रेषण गरेएका छैनन्। आर्थिक सहयोगको चिन्ता भन्दा पनि प्राप्त सहयोगको सदुपयोग हुन नसक्नु दुर्भाग्यपूर्ण अवस्थ्ाा हो। भियतनाम, कम्वोडिया, फिलिपिन्स, अफगानिस्थान, वर्मा, श्रीलंका, सिंगापुर, थाइल्याण्ड, ताइवान, मंगोलिया, भूटान, चीन, जापान, मलेसिया, कोरियाजस्ता वुद्धिष्ट कन्ट्रीहरुलाई छोडिदिएर युरोप का २०औं वटा देशका नागरिकहरु लुम्बिनीप्रति आकर्षित छन् र तिनीहरुबाट र खाडी मुलुकका थुप्रै मुस्लिम समुदायले समेत सहयोग गर्ने वातावरण बनाउन हामी असफल छौं, हामीसाग त्यस्तो नीतिसम्म छैन। यो  हाम्रो चरम अकर्मण्यता हो। दुनियााको जुनसुकै भूगोलका निवासी भए पनि, जुनसुकै बर्ण र नश्लका रहे पनि सवैलाई र सवैको समाजमा आवश्यक पर्ने समतामूलक हिंसारहित समाज हो। सबैलाई शान्ति चाहिने भएकाले त्यो शान्तिको सुत्रधारको जन्मदाता गौतम वुद्ध नै हुन् र त्यो धर्ति लुम्बिनी नै हो। त्यस्ता कालजयी विभूतिको जन्मभूमिको निर्माणको निमित्त विश्वभरिका करिब सात अर्व मानिसहरुले भावनात्मक साहनुभूति सहित चौध अर्व हातहरु अगाडी वढाउने थिए। खोई हामीसाग तिनलाई आकर्षित गर्ने योजना?
हाम्रा गुरुहरुले अहिलेसम्म व्यक्तिगत सम्पत्ति उपार्जंनको निमित्त केही विदेशी बन्धुहरुलाई प्रभाव पारे होलान्। आएको रकमबाट केही खर्च गरेर केही गुम्वा वनाए होलान्। आफ्ना लागि सम्भ्रान्त शैली अपनाउन पछि परेनन्। यो प्रकृयामा बुद्धधर्मी र वुद्धिष्ट सोसाइटीका सयजना जति विदेशी भाषामा विचार विनिमय गर्न सक्ने भद्र सज्जन महानुभावहरुले र खाशगरी तिब्बतीयन शरणार्थी वन्धुहरुले गर्दै आएका छन्, जुन बुद्धप्रतिको अपमान नै हो।
मलाई लाग्छ हामी वुद्धिष्ट संप्रदायमा समाहित रहेको वौद्धिक कहलिएका हाम्रा अग्रजहरुको मनोभावना अत्यन्तै संकुचित देखिएको छ। व्यक्तिगत आक्षेप छैन मेरो, माफ गर्नुहोला। अपवादमा इमान्दार बुद्धिष्टहरु पनि छन्। तर हर्ताकर्तामा इमान्दारिता छ कि छैन, अनुसन्धान गरेर हेरौं, हामीलाई शून्य हात लाग्नेछ। हामीले प्रशंसा गर्नसक्ने कति जना छन्? यो यक्ष प्रश्न हो र यो प्रश्नमा घोत्लिनै पर्छ। जबसम्म हामीमा बुद्धप्रतिको इमान्दारिताको विकास हुन्न, तवसम्म हामी बुद्धप्रति सम्मान गर्न असमर्थ हुनेछौं। आज बुद्धधर्मको विकासमा हाम्रै गैरजिम्मेवारी जिम्मेवार छ, यसलाई इमान्दारिता र जिम्मेवारीमा बदल्ने आवश्यकता छ।
तपाई बुद्धिष्टका ठूला महानुभावहरुले सुन्नु भएको होला कुनै ठाउामा स्कूल सञ्चालनार्थ अथवा कलेजको स्थापनार्थ सप्ताहा ज्ञान महायज्ञ, यज्ञादी आयोजना गरेर करौडौं करोड चन्दा दान संकलन गरेर समाज सेवामा अझ भनौ सार्वजनिक हितको निमित्त प्रयोग गरेको। हामी त्यसो किन गर्र्दैनौ? यसो गर्र्दैगर्दा   आफ्नो धर्म संस्कृतिको प्रचार प्रसार तथा एकपटक पुनः ताजगी हुनेगर्दछ। यो अत्यन्तै महत्वको विषय हो भन्ने लाग्छ। हामी बुद्धिष्टहरु भावनाको पनि गरिव छांै कि? भन्ने लाग्छ। सामाजिक भावनाले उत्प्रेरित व्यक्तिहरु नै ऐतिहासिक पात्र वन्नसक्छन्। हामी वुद्धिष्ट समुदायका तल्लो स्तरका व्यक्तिहरुको वारेमा चर्चा गर्नु परोइन। ठूलो जिम्मेवारी बोकेर दायित्व निर्वाह गर्दै गरेका रिम्पोचे औतारी उपमा प्राप्त गरेका सम्मानित र अति सम्मानित धर्म गुरुहरु र विभिन्न विश्वविध्यालयवाट डिग्री गरेका वुद्धिष्ट समाजका नक्षत्रहरु ध्रुवताराहरु जस्ता चम्किला व्यक्तित्व भएका योग्य पात्रहरु सवै सवैले किन सोच्दैनौं सार्वजनिक हितको विषयमा। खासगरि लुम्विनी विकासको निमित्त?
यसरी नसोचिनु, नहुनुमा ठोस कारण छन्। जसो जसो पन्डितवाजे उसै उसै स्वाहा भन्ने उखान व्यवहारतः पुस्टी भएको छ। यो भनेको तिवतीयन शरणार्थी गुरुहरुको पछि लागेका वौद्ध महायान्का थुप्रै नेपाली वुद्धिष्टहरु आमरुपमा यस्ता देखिन्छन्। उनीहरुलाई लुम्विनीमा केही भएर अथवा नभएर फरक पर्ने वालाछैन। त्यसर्थ यतातिर सोच्दैनन्। तर हामी नेपाली वुद्धिष्टहरु जुनसुकै जातको भए पनि र जुनसुकै सम्प्रदाय महायान, थेरवाद, वज्रयान, जे अंगिकार गरेको भए पनि बुद्धिष्ट नेपाली हुनुको नाताले यो देशको समृद्धिसाग गाासिएको लुम्विनी विकासको वारेमा नसोच्नु भनेको तिवेतियन मित्रहरुको सिको गरेको अथवा मानसिकता पुरै शणार्थीको जस्तै रुपान्तरण गरेको होइन?
तिवेतियन शरणार्थी वन्धुहरु नेपाल र भारतको भूमि प्रयोग गर्र्दै युरोपियन र अमेरिकन नागरिकहरुलाई प्रभावित पार्दै व्यक्तिगत र संस्थागत प्रकृयावाट जेजति लाभ, सहयोग र अनुदान प्राप्त गरेका छन्, ति धनरासी पुरै गुम्वाको नाममा अथवा व्यक्तिगत उनिहरुकै संस्थाले प्रयोग गरेर नेपाली वुद्धिष्ट माहोलका तामाङ्ग, गुरुङ्ग, शेर्पा जातिहरुलाई केवल वाङ (अभिषेक) दिएर राखेका छन्। हामीले पाउने निसन्देह वाङ्ग मात्र हो। बुद्धधर्मको आवरणमा तिनले पारेको भ्वाङ देखिरहेका छैनौं। यस्ता  अभिषेकहरु हाम्रा कतिपय जनजाति मूलका वौद्ध धर्ममा अटुट आस्था राख्ने मित्रहरुले अत्यन्तै आदर र श्रद्धापूर्वक अनुशासित ढंगले घन्टौ घन्टा लाइनमा वस्दै शिर निहुराएर अभिषेक लिादालिादा रिम्वोर्चे महोदयहरुले विभिन्न गुम्वामा भात पनि खुवाउादै र वाङ्ग दिनेक्रममा टाउको वाट अनगिन्ती पटक वेलाकूवेला थिचिंदाखेरि खाशगरि वुद्धिजम् वुद्ध दर्शन वुझ्ने स्नायूप्रणाली मा भाइरस आएछ जस्तो छ। जसरी पेनड्राइभमा भाइरस आयो भने जसरी फाइल खुल्दैन कतै त्यस्तै त भएको होइन? मानी लिनुहोस ५० आंै पटक अभिषेक लिएको र नलिएको वुद्ध धर्म संस्कृतिको वारेमा जिज्ञाषा राख्ने व्यक्तिको विचमा तुलना गरेर हेर्नुहोस्, त केही भिन्नता अवश्य पाउनुहुन्छ।
किनभने हाम्रा समाजमा एउटा मानसिकता त्यस्तो छ की ठूलो कहलिएको रिंपोचेको बाहुलीवाट अभिषेक लिएपछि यति मक्ख, यति ढुक्क हुन्छन् की मजस्तो भाग्यमानी दुनियाामा कोही छैन। त्यो वुद्धलोकको आनन्दमय स्वर्ग सवै मेरै त भयो नी भन्ने अभिमान आउने गर्छ। रिंपोछेले केही जान्नु पर्र्दैन, कोहीसाग केही सिक्नुपदैन, संसारमा केही असल या कमसल कुनै कर्मनै गर्नु पर्दैन भन्ने जस्ता विचारले ग्रस्त हुन्छन् बुद्धमार्गीहरु। यर्थामा वाङ्ग (अभिषेक) दिने रिंपोचे सफा हैसियत, अध्यात्म, ज्ञान, चरित्रवाला हो कि होइन भन्ने कसैले विचार गर्दैनन्। तिनीसाग सांसारिक, भौतिक विज्ञानको जानकारी कति छ? तिनी हरपहलुवारे दीक्षित हुन् कि होइनन्? वुद्ध दर्शनको व्याख्या गर्ने र बुझाउने क्षमता छ कि छैन? कर्मकाण्डी वुद्धिजम र कामकाजी वुद्धिजमको विचको भिन्नता उनलाई थाहा छ कि छैन? समाजसेवाको भावना उनीभित्र पर्याप्त देखिन्छ कि देखिन्न? यति जानेपछि मात्र रिंपोछेको योग्यता थाहा हुन्छ। मापन स्थापित छैन र बुद्धमार्गीमा त्यस्तो अभ्यासको विकास भइसकेको देखिदैन। हाम्रो समाजमा आइपर्ने विपत्ति, दुःख, पीडाहरुमा अनदेखा भएको छ कि  छैन? यो मूल प्रश्नमा कसैले आवेशमा आउन जरुरी छैन। किनकि यथार्थलाई हत्केलाले छेकेर छेक्न सकिन्न। यसरी विश्लेषण गर्दा कसैको मानमर्दन अथवा अपमान गर्न खोजेको पटक्कै होइन भन्ने आग्रह गर्दछु।
मुलुकमा मान्छेश्रिजित र प्राकृतिक विपत्तिहरु बेला बेलामा आइरहन्छन्। आएका छन्। अहिले पनि बाढीपीडितहरुको बिजोग छ, हामी बुद्धिष्टहरुले तिनको घाउमा मलम हुनसकेका छौं। के गर्‍यौं हामीले, हाम्रो बुद्धिष्ट समाजले? हामीभित्र किन कठोरता बढेर जाादो छ? समाजमा अरु पनि बिपत्तिमा परेका मान्छेहरु छन्, बाल–बृद्ध छन्, तिनको आवश्यकतामा केही सहयोग गर्ने ठूलो मन हामीमा किन देखिदैन? हामीले ससाना सहयोग संकलन गरेर मानवहितमा लगाउने उर्जा मरेको छ, त्यो मूर्दा उर्जालाई उत्प्रेरित गर्ने हो भने बुद्धिजम बढ्छ, हामीभित्र बुद्धत्वको टुसा पलाउन थाल्छ। यस्तै टुसाहरु बढेर बुद्धधर्म रुख र छहारी बन्ने होइन र? हामी बुद्धमार्गी हौं भनेर कतिञ्जेल आाखा चिम्लेर बसिरहने? बुद्ध हाम्रा हुन्, बुद्ध साझा हुन्, बुद्ध विश्वका हुन् भनेर बुद्धलाई सूर्यको किरणजसरी सबैका लागि बराबर बनाउने जिम्मा बुद्धमार्गीको हो। बुद्धिष्टहरु दयालु छन्, मायालु छन्, राम्रा छन्, हाम्रा छन् भनेर छाप पार्ने जिम्मा हामी बुद्धमार्गीको हो। यसका लागि सबैभन्दा पहिला हामीभित्रको मानवताको दियो बाल्नु जरुरी छ। मुखले बुद्ध फलाक्ने र मनलाई पवित्र नपार्ने हो भने जति बुद्ध बुद्ध भने पनि काम लाग्ला र? असल बुद्धमार्गीमा हुनुपर्ने गुण हामीले अंगिकार गर्नैपर्छ। हाम्रा अग्रज, बुद्धधर्मका विद्वानहरुले ती गुणहरुको विकासका लागि अग्रसर हुनैपर्छ। हामी भित्र सिद्धार्थ गौतम वुद्धको जस्तै करुणा, दया भएको प्रत्याभूति जगाउनैपर्छ। हाम्रो प्रवल राष्ट्रिय धर्म यही हुनुपर्छ।
लुम्विनीको श्रीवृद्धि हुनु भनेको हामीहरु सवैाका सन्तानहरुको उज्वल भविष्यको आधार स्तम्भको पूर्वधार निर्माण हुनु हो। नागरिकहरुलाई उत्प्रेरित हामी हामीवीचबाटै हुनुपर्छ। बनिबनाउ गलत धारणा सधैं चल्दैन, मुलुकका सबै क्षेत्रमा स्थापित लुटाहा सञ्जाल तोडिनुपर्छ र यो देश सबै जातजातिको हो भन्ने भावनाको विकास गर्न पनि बुद्धिजमको व्यवहारिक र तर्कसंगत विकास जरुरी छ। मुलुक पछि पर्‍यो, हामी पछि पर्‍यौं किनकि हामीसाग बुद्ध छन् तर बुद्धमार्गमा हामी कहिल्यै हिड्न सकेनौं। अहिले पनि बुद्धका नाममा हामीले गर्नुपर्ने कार्यहरु गर्न सकिरहेका छैनौं।
बुद्ध न कुनै कर्मकाण्डी हो, न कोही व्यक्ति अथवा सम्प्रदाय। बुद्ध साझा छन्, सबैको सर्वस्व हुन्। बुद्ध आदर्श हुन् र यो आदर्श कुनै व्यक्ति अथवा शरणार्थी जमात हुनसक्दैनन्। न त बुद्ध केही टाठाबाठाले ठगी खाने बहाना हुनसक्छन्। बुद्ध बुझ्नुपर्छ, बुद्धत्वबारे सबैलाई यथार्थ ज्ञान दिनुपर्छ र बुद्धज्ञानबाटै मानव कल्याणका लागि बोधिसत्व प्राप्त हुनेछ। बुद्ध अन्धविश्वास अथवा वाङ (आशीर्वाद) दिनु र लिनुमा मात्र सिमित छैनन्। बुद्धका नवअवतार कोही पनि हुनसक्दैनन्। बुद्धका अनुयायी सबै बन्न सक्छन्, यी अनुयायीहरुलाई भ्रममा भ्रमित पार्ने काम बौद्धमार्गी कसैले पनि गर्नसक्दैनन्, गर्न हुादैन। दुःखका साथ भन्नुपर्छ, सबै बौद्ध गुरुहरु, बुद्धिजीवीहरुले इमान्दारिता देखाइरहेका छैनन्, यस्ता गलत क्रियाकलापहरुमा जतिसक्यो चााडो सुधार आउनुपर्छ। आउने पुस्ताले बुद्ध, बुद्ध गुरु, बौद्धिक जमातले सही र गलत थाहा पाउनुपर्छ। नयाा पुस्ताले बुद्धयुक्त कर्ममार्गको सही जानकारी पाउनैपर्छ।
लुम्विनी विकासको कार्यकारी उपाध्यक्षहरु जति पनि नियुक्त भए, एकजना पनि रिंन्पोचे औतारी खेम्पो विशेषणले सम्वोधित पात्रहरु भएनन्। किन? यसमा राज्यनीति नै दोषी होइन? जो बुद्धमार्ग अपनाएर जीवनलाई होमेको छ, उसले पो लुम्बिनी विकासमा योगदान गर्नसक्छ? राजनीतिक व्यक्ति हुनुका कारणले लुम्बिनीको विकास हुन नसकेको निश्चित हो। समय आयो, अव जिब्रो तालुमा टाासेर बस्नुपर्दैन, जसले जे बुझेको छ बोल्नुपर्छ र लुम्बिनीलाई विकासमा सघाउनै पर्छ। बोधिबृक्ष काटेर पिर्का बनाएर विदेशमा डलर लिदै बेच्ने पनि बुद्धमार्गी, बुद्धको आराधना गरेर बुद्धनीतिमा समर्पण गरेर जीवन बिताउने पनि बुद्धमार्गी। अव यो बिभेदको अन्त्य हुनुपर्छ, अव लुम्बिनी विकासमा हुनुपर्ने व्यक्तित्वले मौका पाउनैपर्छ। लुम्बिनी विकास कोषमा पदासिन रहेर लुम्विनीलाई कमलको फूलको आकारमा त्यो मक्कामदिना, काासी, क्योटो तथा वेतलेहेम सहरभन्दा पनि सन्सारकै उत्कृष्ट शान्ति तीर्थस्थल तथा विश्वशान्ति सहरको रुपमा विकास गरेर हरेक वर्ष ३ करोड जति पर्यटकलाई अवलोकन गराउने महान कार्य सम्पादन गर्नैपर्छ। यो बौद्धमार्गीको उद्देश्य राजमार्ग हुनुपर्छ। यसैमा लुम्विनी कस्तो वनाउने भन्ने गुरुयोजना नेपाली वुद्धिष्ट हरुले गर्न सकेनन् र जापानी केन्जो टाङ्गगे र कोरियाली प्रा. क्वाकले वनाए। अव लुम्बिनी कस्तो हुनुपर्छ भन्ने यावत जानकारी नेपालीमा हुनुपर्छ र नेपाली महेनत र पसिनाले गुरुयोजना सम्पन्न गर्नुपर्छ। यसतिर नेपाली बुद्धिष्टहरुको ध्यान जाओस् भन्ने आग्रह छ।