Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

नेपाल–अमेरिका सैनिक अभ्यास

२७ बुधबार , भाद्र २०८०१० महिना अगाडि

नेपाल–अमेरिका सैनिक अभ्यास

काठमाडौं । एमसीसी पास गर्ने हाम्रै नेता, हाम्रै संसद हो । एमसीसी पास भइसकेपछि पनि यथार्थ जनतालाई बताउन र एमसीसीबाट नेपालीको रोजीरोटी, विकासमा के के लाभ हुन्छ, के कसरी सम्पन्न हुन्छ भन्ने विषयमा जनप्रतिनिधिले जनतालाई केही बताउन सकिरहेका छैनन् । एमसीसीका बारेमा संसदबाट पास गर्ने सबै दल अहिले पनि दोधारे नीति र दुईजिब्रे कुरा गरिरहेका छन् । एउटै पार्टीका नेता बिरोध पनि गर्छन्, समर्थन पनि । यस्तो अपारदर्शी संसद र सरकार लोकतान्त्रिक हुन्छ ?
अमेरिकी सेना अभ्यासका क्रममा आयो । हल्ला फिजाइएको छ– अमेरिकाले बेश क्याम्प खडा गर्न लाग्यो । अमेरिकाले अड्डा जमाउने भयो, चीनविरूद्ध घेराबन्दी गर्नथाल्यो ।
त्यसो हो भने नेपाली नेता, नेपाल सरकारले नेपालको हक, हित, सार्वभौमिकताको रक्षाका लागि संसदमा बहस किन चलाएका छैनन् । जनतालाई भ्रमित पारेर किन स्वार्थी बनिरहेका छन् । विश्वशक्तिको खेल मैदान बनाउन दिने, अनि कार्यकर्ताबाट बिरोध गर्न लगाउने, यो नीति नेतृत्वको असफलता, असक्षमता र नैतिकहीनता पनि हो भन्नुपर्छ । नेतृत्व असफल हुँदा देश असफल हुन्छ । नेतृत्वमा बस्ने, राष्ट्रको हितरक्षा गर्न नसक्नु राष्ट्रघात हो । स्वीकार गर्ने, दुश्मनी बढाउने काम किन भइहेछ ?
यसैवीच नेपाली सेनासँग संयुक्त अभ्यास र प्रतिस्पर्धा गर्न अमेरिकी सेनाको एउटा समूह नेपाल आएको छ ।
यो अभ्यास र प्रतिस्पर्धा भदौ २४ देखि असोज १२ गतेसम्म काठमाडौं उपत्यका (पाँचखाल, नगरकोटसहितका विभिन्न स्थान) मा सञ्चालन हुनेछ ।
यो अभ्यास र प्रतिस्पर्धामा नेपाली सेनाका ३० र अमेरिकी सेनाका १२ जना सहभागी हुनेछन् । खासगरी बिपद व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयमा नेपाली सेनाले अमेरिकी सेनासँग आधुनिक प्रविधिको थप ज्ञान हासिल गर्नेछन् । अमेरिकी सेनाले पनि नेपाली सेनाबाट समेत धेरै विषयमा ज्ञान हासिल गर्न सक्नेछन् ।
स्मरणी छ, नेपाली सेनाले बेलायत, अमेरिका, चीन, भारत, श्रीलंका, मंगोलिया, बंगलादेश, इजरायललगायतका धेरै मुलुकका सेनासँग खोज तथा उद्धार, विपद् व्यवस्थापन, आतंकवादबाद सँग जुध्ने कला, पर्वतारोण, राष्ट्रसंघीय शान्ति सेनामा जाँदा गर्नुपर्ने भूमिकाका विषयमा संयुक्त अभ्यास गर्दै आएको छ ।
गत बिहीबार चाहिने आवश्यक बन्दोबस्तीका सामानसहित अमेरिकी सैनिक टोली वायुसेनाको विमानमा नेपाल आउँदा नकारात्मक हल्लाखल्ला गरियो । यसैवीच बेलायतमा हुने प्रतिस्पर्धात्मक‘ एक्सरराइज क्याव्रियन प्याट्रोलमा सहभागी हुने नेपाली सेनाको १० सदस्यीय टोली प्रमुख सेनानी विवेक विक्रम शाहको कमाण्डमा अघिल्लो दिन नै बेलायत हिडेको थियो । सैनिक सूचना अधिकारी कृष्णप्रसाद भण्डारीका अनुसार अभ्यासको यो ४०औं संस्करण हो । सूचनाअधिकारी भन्छन्– उनले भने, ‘नेपाली सेना र अमेरिकाको सेनाबीच हुँदै आएको ज्वाइन्ट कम्बाइन्ड एक्सचेन्ज ट्रेनिङ ब्यालेन्स नेलको नियमित अभ्यास हो । संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायता, प्रतिआतंकवाद नियन्त्रण, शान्ति सेनामा खटिँदाको भूमिका लगायतका विषयहरूमा अनुभव तथा ज्ञान आदान प्रदान हुनेछ ।’ संयुक्त अभ्यास सैनिक सम्बन्ध विकासको कडी पनि हो ।