Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

नेपाललाई सार्क सदस्यकै अविश्वास

२२ बुधबार , कार्तिक २०८०९ महिना अगाडि

नेपाललाई सार्क सदस्यकै अविश्वास

१९६९ र १९८८ मा राष्ट्रसंघ सुरक्षा परिषदको सदस्यमा रेकर्ड भोटले निर्वाचित नेपालले आज विश्व स्वास्थ सँगठनको क्षेत्रिय नेतृत्वको चुनाबमा लज्जास्पद हार बेहोरेपछि नेपालको हैसियत शिखरबाट कति तल झरेछ अनुमान गर्न सकिन्छ । नेपाल सार्कको अध्यक्ष राष्ट्र पनि हो । सार्कका ५ सदस्य मध्ये एक राष्ट्रको समर्थन पनि पाउन सकेन । नेपाल विश्वमा देखियो, सुनियो भन्ने सरकारले कहाँ देखियो, सुनियो भन्ने प्रश्नको जवाफ दिनुपर्ने भएको छ ।
नेपालले डब्लूएचओको क्षेत्रीय नेतृत्व गर्ने अवसर गुमाएको मात्र छैन, दक्षिण एसियामा नेपाल एक्लो परेको परिदृश्य समेत देखिएको छ ।
बंगलादेशकी शेख हसिनाकी छोरी साइमा विजयी भएकी छिन् ।
यो पदका लागि डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयसस्को मातहतमा ‘कन्ट्री स्ट्राटेजी एन्ड सपोर्ट डिपार्टमेन्ट’ को निर्देशक पदमा रहेर काम गरिरहेका डा. आचार्य उम्मेदवार थिए । उनलाई जिताउन नेपालको प्रयास बालुवामा पानी हालेसरह हुनपुग्यो ।
डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, भुटान, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोर लिस्टे गरी ११ देश सदस्य छन् ।
सदस्य ११ देशका स्वास्थ्य मन्त्रीहरू पालैपालो क्षेत्रीय अध्यक्ष चुनिन्छन् । उनीहरूले नै मतदान गरेर वा सहमतिमा क्षेत्रीय निर्देशक चयन गर्दछन् । योपल्ट म्यानमानर बाहेकका १० देशका स्वास्थ्यमन्त्रीहरूले क्षेत्रीय निर्देशक चयन गरेका हुन् । म्यानमारको सैनिक शासनलाई राष्ट्रसंघले मान्यता नदिएकाले उसको मत गणना हुन पाएन ।
डब्लूएचओले २१ अप्रिलमा उम्मेदवारीका लागि अनुरोध गरेको थियो, नेपालले २३ जुनमा डा. शम्भु आचार्यको मनोनयन दर्ता गराएको थियो । दुईपटक भारतकी डा.पुनम क्षेत्रपाल सिंह निर्देशक रहेकी थिइन्, नेपालले दावी ग¥यो, सदस्य राष्ट्रहरूमा लविङ गर्न सकेन ।
निकै कडा प्रतिस्पर्धा अनुमान गरिएको थियो, नेपालले ११ देशमध्ये ४ को प िन विश्वास जित्न सकेन । भारतको मुख्य भूमिका थियो, भारतले नेपाललाई होइन, बंगलादेशका लागि निर्णायक भूमिका खेलिदिंदा नेपाल जिल्लाराम भयो । सन् १९९२ देखि डब्लूएचओसँग जोडिएर काम गरिरहेका डा. आचार्य महानिर्देशक टेड्रोस र १५३ वटा देश सदस्य राष्ट्र रहेको सिंगो संगठनको मुख्यालयको व्यवस्थापनलाई रणनीतिक सुझाव दिनुका साथै दिशानिर्देश गर्न सक्षम मानिएका थिए । उनले विश्वभरका सदस्य राष्ट्रसँग सिधै सम्पर्कमा रहेर अन्तरकृया गरेर सहानुभूति आर्जन गरेका थिए तर राष्ट्रिय तबरमा उनका लागि भूमिका शून्य हुँदा नेपालले यो अवसर गुमाएको छ ।