
काठमाडौं । भारतले इण्डो प्यासिफिक स्ट्राटेजीमा सहभागी नहुने समाचार भारतीय सञ्चारमाध्यममा प्रचारित भएका छन् । भारतको यही रणनीतिका कारण नेपाललाई आइपीएसमा सहभागी गराउन दबाब बढ्न थालेको देखिन्छ ।
नेपाली नेताहरू स्वार्थका लागि जस्तोसुकै निर्णय पनि गर्न सक्छन् । वैचारिक, सैद्धान्तिक र नीतिगत रूपमा समेत नेपाली नेताहरू भिजेको परालखुट्टे छन् । यसकारण कुनै पनि वैदेशिक दबाब झेल्ने र अड्नसक्ने ल्याकत छैन । त्यसै पनि एमसीसी र बीआरआईको बिबादले नेपाल भूराजनीतिक भूचक्करमा फसिसकेको छ, अब अन्तहीन शक्तिराष्ट्रको द्वन्द्वमा फस्दै जाने संकेत देखिएको छ ।