
गत शुक्रबार राति आएको भूकम्पमा परि पिडित बनेका जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत लिएर दुईवटा चिनियाँ जहाज पोखरामा आइपुगेको छ । चीन सरकारले घोषणा गरेको राहत लिएर बुधबार बिहान दुईवटा जहाज पोखरा विमानस्थलमा आइपुगेको हो ।
चीन सरकारले राहत बोकाएर पठाएको दुवै जहाज विमानस्थलमा बिहान ९ बजेपछि अवतरण गरेको विमानस्थले जानकारी दिएको छ । उक्त जहाज चीनको छेन्दु प्रान्तबाट सिधै पोखरा विमानस्थल आए हो ।
अहिले दुवै जहाजमा ल्याएको सामान अनलोड भइरहेको छ भने सामान झारेपछि दुवै जहाज फर्किने बताईएको छ । राहत सामग्री पोखरा विमानस्थलमा चिनियाँ राजदूत छन् सोङले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गर्ने तयारी रहेको छ ।
पोखरा विमानस्थलमा ल्याईपुर्याएको चिनिया राहत सामग्री पोखराबाट नेपाली सेनाको स्काइ ट्रकले भूकम्प प्रभावित क्षेत्रमा पुर्याउने बताईएको छ । यसअघि भरतले नेपालगञ्ज विमान स्थालामा दुई पटक राहत सामग्री ल्याएको थियो ।