Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

मुस्ताङ देखि चीन जोड्ने कोरला नाका आज देखि सञ्चालनमा

२७ सोमबार , कार्तिक २०८०८ महिना अगाडि

मुस्ताङ देखि चीन जोड्ने कोरला नाका आज देखि सञ्चालनमा

नेपाल देखि चीन जोड्ने मुस्ताङको कोरला नाका आजदेखि सञ्चालन हुने भएको छ । लामो समयदेखि बन्द रहेको उक्त नाका नेपाल र चिनियाँ अधिकारीले औपचारिक रुपमा संचालनको घोषणा गर्न लागेका हुन् ।

गण्डकी प्रदेशलाई चीनसँग जोड्ने प्रमुख नाका समेत रहेको कोरला नाका आज बिहान १० बजेदेखि सञ्चालनको औपचारिक घोषणा गर्ने तयारी रहेको छ । यसअघि कातिक २७ गत्ते देखि नाका सञ्चालनमा आउने मुस्ताङका प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीले बताएका थिए ।

कोरोना महामारीका कारण चीनले उक्त नाका बन्द गरेको थियो । नाका सञ्चालनका लागि लामो समय देखि कूटनीतिक पहल गरिएको भएता पनि मुस्ताङसहित गण्डकी प्रदेशका लागि निकै महत्वपूर्ण यो नाका खुल्ला हुन सकेको थिएन । केरुङ र तातोपानीजस्ता व्यापारिक नाका सञ्चानलमा समस्या आउदा समेत चीनले कोरला नाकालाई प्राथमिकतामा राखेको थिएन ।  

गत असोजमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणमा गएको बेला कोरलासहितका अन्य नाका सञ्चालनमा जोड दिएका थिए । आजबाट नाका सञ्चालनमा आउने भएपछि मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका झण्डै एक हजार सर्वसाधारणलाई नेपाल चीन प्रवेश अनुमतिपत्र वितरण गरिएको छ । यसरि पास पाएका नागरिकले जुनसुकै समयमा पनि चीन आवत जावतको सुविधा पाउनेछन् ।