Advertisement Banner
Advertisement Banner

२० शनिबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

युएईलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

१५ शुक्रबार , मंसिर २०८०३ बर्ष अगाडि

युएईलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

संयुक्त अरब इमिरेट्स (युएई)लाई नेपालमा लगानी गर्न प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आग्रह गरेका छन् । कोप–२८ मा सहभागी हुने युएई पुगेका प्रधानमन्त्री प्रचण्डले युएईलाई उक्त आग्रह गरेका हुन् ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुने बिहीबार युएईको राजधानी अवुधाबी पुगेका प्रधानमन्त्री प्रचण्डले नेपाल–दुबइ व्यापार मञ्चलाई सम्बोधन गर्दै नेपालमा पूँजी प्रवाह गरी त्यसको प्रतिफल उठाउन आह्वान गरेका थिए ।

अवुधाबीस्थित नेपाली दूतावास र नेपाल उद्योग वाणिज्य महासङ्घले दुबइ उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारले अवलम्बन गरेका नीतिगत सुधारबारे जानकारी गराएका थिए । त्यस्तै महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र युएइबीच आर्थिक एवं व्यापारिक सम्बन्ध बढाउनुपर्नेमा जोड दिएका छन् ।

उक्त कार्यक्रममा युएइका अर्थराज्यमन्त्री अब्दुल्लाह अहमद मोहम्मद अल सालेहले दुई देशबीचको आर्थिक सम्बन्धलाई सुदृढ बनाउन सहकार्य एवं साझेदारी अपरिहार्य रहेको बताए ।त्यसैगरी दुबइ उद्योग वाणिज्य सङ्घका प्रमुख कार्यकारी अधिकृत मोहम्मद अली बिन रसेद लुटाहले नेपाल उद्योग वाणिज्य सङ्घ र दुबइ उद्योग वाणिज्य सङ्घबीच सहकार्य एवं सहयोग अभिवृद्धिका प्रशस्त क्षेत्र रहेका बताएका थिए । 

कार्यक्रममा युएइ र नेपालको उद्योग वाणिज्य क्षेत्रका नेतृत्वकर्ता तथा प्रतिष्ठित उद्यमी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।संयुक्त राष्ट्रसङ्घले जलवायुबारे छलफल गर्न आयोजना गर्ने वार्षिक बैठकको २८औँ संस्करण कोप–२८ बिहीबारदेखि युएईको दुबई शहरमा शुरु हुदैछ ।