
समाधिमा मेरा दुई हात बाहिर निकालेर राखिदिनु ताकि मानिसहरूले देख्न सकुन् की यत्रो विराट विजयपछि पनि म संसारबाट खाली हात फर्किरहेको छु ।
– अलेक्जेन्डर महान्
अलेक्जेन्डर महानले के जितेनन्, कसलाई जितेनन् । तर आफूले आफैलाई जित्न सकेनन् र उनले मर्ने बेलामा भनेका अमरवाणी हुन् यी ।
ग्रिक मेसेडोनका राजा अलेक्जेन्डर महान सर्वोत्कृष्ट सैनिक योजनाका लागि प्रख्यात थिए । यसकारण उनलाई विश्व इतिहासको नेता पनि मानिन्छ । उनी निरंकूश थिए, महत्वाकांक्षी थिए, सैनिक स्ट्राटेजी बनाउनसक्ने बुद्धिमान पनि थिए । मेडिटरियनदेखि पर्सियासम्म फैलिएको उनको साम्राज्य भारतसम्म फैलिएको थियो अन्ततः उनलाई मर्नुपर्छ भन्ने आत्मवोध भयो र उनले भनेका थिए– म मरेपछि सुन, चाँदी, हिरा, जवाहरातमाथिबाट चिहानसम्म लिएर जानु, मलाई लैजादा मेरो कफिनबाट मेरा दुबै खालीहात बाहिर निकालेर लैजानु ।
कति मार्मिक छ, महान सम्राटका यी वाक्यहरू । मान्छे खाली हात जन्मिन्छ, खाली हात जान्छ भन्ने सन्देश थियो यो । अमर छ यो सन्देश राजा र राजनीति गर्ने सबैका लागि । यो सन्देशको पालना जसले ग¥यो, ऊ अमर भयो । जसले अहंकारमा सत्ता, शक्ति र सम्पत्तिमा आफैलाई भुलायो, उसले कायर बनेर बाँच्यो, मरेपछि उसलाई सम्झने कोही भएनन् । पछिल्ला उदाहरण हुन्– सिक्किमका लेण्डुप । नेपालका गिरिजाप्रसाद कोइराला । वर्तमान नेपालका नेताहरूको राजनीति ।
२०४६ सालमा राजनीतिक परिवर्तन भयो, बहुदल आयो । त्यसपछिको भ्रष्टाचारको कालरात्रिले नेपाललाई उज्यालो हुन दिएको छैन । ०६३ सालमा अर्को राजनीतिक परिवर्तन भयो, राजतन्त्र त किनारा लाग्यो तर ०४६ साले नेताहरू ०८२ सालमा पनि राजाकाजमै छन्, रजगज गरिरहेका छन् । नेताहरू सत्ता, शक्ति र सम्पत्तिका पछाडि यसरी दगुरेका छन् कि यिनलाई आफ्नै सिद्धान्त, पार्टीको नीति, लोकाचार, सभ्य मान्छेमा हुनैपर्ने नैतिकताको हेक्का समेत भएन । कांग्रेसले माओवादीसँग अँगालो मा¥यो, माओवादीले एमाले र कांग्रेसकासँग मिलोमतो ग¥यो, एमाले र कांग्रेसको एकता पनि देखियो । यहाँसम्म कि राष्ट्रवादीले कम्युनिष्टको चुनाव चिन्ह लिएर चुनाव लडे । समाजवादीले सर्वहारावादीलाई मतदान गर्न ह्वीप जारी गरेको पनि देखियो, सर्वहारावादीले पुँजीवादीलाई भोट हाल्न निर्देश गरेका पनि भोगियो । कति नमीठा नजाराहरू राजनीतिमा प्रदर्शन भयो । राजनीतिमात्र होइन, सत्तामा पनि कांग्रेस, एमाले, माओवादी र अन्य पार्टीहरूको अनुहार चिन्ह गाह्रो छ किनकि हरेक पार्टीले मौसमअनुसारको ट्यूनिक फरे, फेरिरहे । वर्तमान कालखण्डमा पनि यस्तै दुरूह, दयानीय राजनीतिक परिदृश्यलाई जनताले पचाइरहेका छन् ।
यही थरि थरिका मुखुण्डोधारी राजनीतिक नृत्य नै गणतान्त्रिक लोकतन्त्र हो भने नेपालमा जे भइरहेको छ, त्यो अपाच्य छ । साह्रै टीठलाग्दा दृश्यहरू जनताका नजरका सामुन्ने घटित भइरहेका छन् । यद्यपि यिनै छेपारा प्रवृत्ति बोकेर गणतन्त्र चलाइरहेका नेताहरू भन्छन्– गणतन्त्र र संंघीयता मास्न दिइनेछैन । यिनको मतो मिलेको छ, यिनले गरेका अनैतिक कार्यमा यिनीहरू एकदोस्रालाई संरक्षण गरिरहेका छन्, एकदोस्रालाई स्यावासी दिइरहेका छन् । जनताले महगो मूल्य चुकाएका छन् ।
०४६ सालदेखि निरन्तर सत्ता, शक्तिमा रहेका यिनै नेताहरूले भ्रष्टाचार गर्न जति पनि तल झर्न लज्जावोध गरेनन् । जनताले सयौं प्रकृतिका भ्रष्टाचार भएको अनुभूति गरिरहे, समाजमा चर्चा चलिरह्यो, अख्तियारदेखि अदालतसम्म मुद्दा चले, तर यिनले हरेक भ्रष्टाचारका प्रकरणलाई छोपिरहे, अनुसन्धान गराएनन् । यिनले अलेक्जेन्डर पढ्नुपथ्र्यो, उनले दिएको सन्देश बुझ्नुपथ्र्यो र वर्तमान र भविष्यको पुस्ताका लागि त्याग, तपस्या र योगदान गरेर आफ्नो उज्यालो इतिहास बनाउनु पथ्र्यो । इतिहास त पढेनन्, पढेनन्, देश र जनता लुटेको सम्पत्ति थुपारेर मर्दा सँगै लैजान सकिन्छ भन्ने भ्रममा बाँचिरहेका छन् । यथार्थमा यो कायर राजनीति हो ।