Advertisement Banner
Advertisement Banner

२५ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

१५ गतेदेखि देखियो गणतन्त्रको गति

२१ मंगलबार , जेठ २०८२१० महिना अगाडि

१५ गतेदेखि देखियो गणतन्त्रको गति

जेठ १५ गते काठमाडौं एमालेको कब्जामा हुनुपर्छ भनेर प्रधानमन्त्री तथा एमाले अध्यक्षले फर्मान नै जारी गरे । एमालेका कार्यकर्ता खुकुरी लिएर राजतन्त्रवादीलाई सफाया गरिदिने शैलीमा जुलुसमा देखिए । तर एमालेको जुलुस साह्रै सानो थियो । एमालेको बीचबचाउ गर्दै एमाले नेताहरुले काठमाडौं कब्जा भनेको संगीतमय गणतन्त्र मनाउँ भनेको भनेर विषयान्तर गरे । जति जे गरे पनि फरिया उचालेर मुख छोपेको अवस्थामा कांग्रेस एमालेको सत्ता राजनीति देखियो । कांग्रेस एमालेको साझेदारी सत्ताले भिजिट भिसाका नाममा नेपाली बेचेको विषयले संसद तातेको छ, संसद चल्न सकेको छैन, कांग्रेसी नेता तथा गृहमन्त्री लेखकलाई बचाउन लागिपरेको कांग्रेस एमाले त्यसै पनि लज्जास्पद अवस्थामा पुगिसकेका थिए, गणतन्त्र दिवसको अघिल्लो दिन जिउँदै इटाभट्टामा मान्छे पोलेर जेल परेका अर्का कांग्रेसी नेता मोहम्मद आफताव आलमलाई जुन उच्च अदालतले अदालतले धरौटीसमेत दिएका थिएन, त्यही उच्च अदालतले प्रमाण नपुगेको भनेर रिहा गर्ने आदेश गरिदिएपछि न्यायाधीश विरुद्ध न्याय परिषदमा उजुरी परेको छ भने आमनागरिकमा कांग्रेस, एमालेको सत्ताप्रति हदैसम्मको आलोचना भइरहेको सुनिन्छ ।
प्रधानमन्त्री केपी ओलीको उत्तेजक र हिंसा मच्चाउने प्रकृतिको अभिव्यक्ति, उत्तेजक प्रदर्शन अशोभनीय राजनीतिक देखियो । निरंकूश शैलीमा कब्जा गर्ने खालको भाषणले एमाले कार्यकर्तालाई उर्जाशील बनायो होला तर शान्ति र सद्भावनालाई खलबल्याउने र राजनीतिलाई सभ्यताको सीमा पार पनि गरायो । यस प्रकारको भाषणबाजी, प्रदर्शन गर्दा पनि सत्ता साझेदार र प्रजातन्त्रको बिडा उठाएको नेपाली कांग्रेसले चुँइक्क समेत बोलेको सुनिएन । कांग्रेसको ध्यान गृहमन्त्री रमेश लेखकलाई बचाउन र जन्मकैद परेका मोहम्मद आफताव आलमलाई छुटाउन प्रधानमन्त्रीको काँधमा बन्दुक राखेर स्वार्थशिद्ध गर्ने रणनीतिमा सिमित देखियो ।
अचम्म त के देखियो भने जेठ १५ गतेदेखि राजतन्त्र र हिन्दुराष्ट्र पुनस्र्थापना गर्न आन्दोलन गरिरहेको राजतन्त्रवादीको आन्दोलन सत्ताधारीको भन्दा धेरै ठूलो जनसमर्थनका साथ भइरहेको छ । राजतन्त्रवादीले संवाद, सहमति र सहकार्यका लागि आह्वा नगरिरहेकै छन् । सत्ताधारी र प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले प्रतिगामीको आरोप लगाइरहेकै छ । यो प्रदर्शनमा राजको प्रत्यक्ष हात पनि देखिरहेको छ । यथार्थ के हो भने राजा सबैका साझा हुन्, उनलाई राजनीतिसँग होइन, राष्ट्रसँग सरोकार छ । यो निरन्तरको आन्दोलन, आन्दोलमा दिनदिनै बढ्दो देशव्यापी जनसमर्थनले गणतान्त्रिक पद्धति, भ्रष्टाचार, अनीति, नैतिकहीनता जनतालाई मान्य छैन भन्ने देखाइरहेको छ । गणतन्त्रवादीले विषयानतर गर्दै भनेका छन्– जनताको बढ्दो रोष, असन्तुष्टि गणतन्त्रप्रति होइन, नेताहरुको गलत कार्यशैलीप्रति हो । सबैले बुझेका छन्, जनताले संघीय गणतन्त्रको बोझ बिसाउन चाहेका छन् । सिद्धान्तहीनता र अनैतिकतालाई पन्छाउन खोजेका छन् । भ्रष्टाचारको रण्डखाल नहोस् भनेर सडक बिद्रोह गरिरहेका छन् । यो कुरा प्रत्येक पार्टी, प्रत्येक नेता र समर्थकले बुझेका छन् । अब लामो समय यो भ्रष्टाचारी पद्धतिलाई थेग्न, थाम्न सकिदैन भन्ने । जनता अन्तिम निर्णायक हुन्, जनताको अपेक्षा पूरा गर्न वर्तमान नेतृत्वले बुद्धि पु¥याएन भने बंगलादेश अथवा श्रीलंकामा भ्रष्ट नेतृत्वविरुद्ध जनताले जुन सुनामी ल्याएका थिए, नेपालमा त्यस्तो परिणाम देखिन लामो समय कुर्नुपर्ने छैन, आन्दोलनकारीले भनिरहेकै छन्, अब आन्दोलन रोकिदैन । चैत १५ गते तीनकुनेमा सत्ताधारी र माओवादीले जुन साजिस गरेर २ जनाको हत्या, आगजनी गरेका थिए, त्यसमा न्यायिक छानबिन गराउन राज्यले सकेन । नागरिक छानबिन आयोगको रिपोर्ट सार्वजनिक भइसकेको छ । प्रधानमन्त्रीले मानवाधिकार आयोगमाथि नै रोष प्रकट गरेर आयोगको कार्यक्रममा समेत गएनन् । यसबाट थाहा हुन्छ– कांग्रेस एमालेको सत्ता निरंकूशताका सबै हद पार गर्दै अघि बढेको छ, यस्तै नियति देखिए जनताले छिटै यिनको भ्रष्टाचारी चरित्रमाथि हम्मर हान्नेछन् ।