
२०७२ को संविधान असफल भयो । यो संविधानले व्यवस्था गरेका सबै राज्यसञ्जाल असफल भए । अर्थात् जिन्तता रहेन । संविधान मरेका कारणले प्रणालीमा जीवन नभरिएको हो । यसकारण असन्तुष्टि यतिबिघ्न बढ्यो कि जेनजी पुस्ताले बिद्रोह गर्नुप¥यो । यही संविधानका कारणले गर्दा राष्ट्र शून्यतामा पुग्यो । हामी शून्यताबाट उठ्नुपर्ने भयो ।
संविधान भनेको के हो ? यसको विषद व्याख्या यस्तो छ–
A constitution is the fundamental, supreme law of a state or organization that establishes its core principles, government structure, and fundamental rights of its citizens. It defines how an entity is governed, organizes and constrains the power of government institutions, and is more difficult to change than ordinary laws. Constitutions serve to embody national identity, promot
नेपालको संविधानले सिद्धान्त, नीति, नैतिकता केही पनि बाँकी रहेन । जे देखियो, अवसरवाद देखियो । फरियावादको यति विकास भयो कि राज्यको सम्पत्ति नेता, दलाल, भ्रष्टहरुको खल्तीमा पुग्यो । कसरी सरकार चल्छ, कसरी राज्यसञ्जाल चलाइन्छ भन्नेसम्म पनि रहेन । संविधानले राष्ट्रिय पहिचानको रक्षा गर्नुपर्ने हो, गर्न सकेन । नेपाल र नेपालीको अस्तित्व नै संकटमा फस्न पुगेको छ । राजनीति गर्ने र प्रशासन चलाउनेहरु सबै नै फरियावाद, अपराधवाद, भ्रष्टाचारवादमा लिप्त हुँदा संविधानले कामै गर्न सकेन । संविधान कागजको खोस्टो, अक्षरको भण्डारमात्र रह्यो । फूल कस्तो हुनुपर्छ भने यसमा बास्ना हुनैपर्छ । कागजको फूल देखावटीमात्र फूल हो । नेपालको संविधान देखावटी कागजी फूलजस्तो बन्यो ।
संविधान संविधानजस्तो रहेन । संविधान मरिसकेको छ । यो सातौं संविधान पनि मरेको स्थितिमा के गर्ने ? कसरी सुरुआत गर्ने ? यसका विषयमा विज्ञहरुले सुझाव दिएका छन्– २०४७ को संविधान राजनीतिक सहमतिबाटै बनेको र राजनीतिक सहिष्णुतायुक्त पनि छ । यो संविधानले सहमति, संवाद र सहकार्यमा विश्वास राख्ने भएकाले जिवन्त संविधान पनि हो । जसले निर्माण गरे, तिनलै जबरजस्ती च्यातेका मात्र हुन् । यसकारण त्यो संविधानलाई स्वीकार गरेर अगाडिका गन्तव्यको निकास, मार्गचित्र कोर्न सहज हुनेछ । यही संविधान सर्वोत्तम र सहज विकल्प पनि हो ।
यो समय अहंकार गर्ने समय होइन । यो समय जेनजी पुस्ताका मागहरुलाई संवोधन गरेर विध्वंशको मैदानमा नवनिर्माण गर्ने बेला हो, यसमा जेनजी पुस्ताले निर्माण गर्छौं भनेका छन्, अवसर दिऊँ ।