Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

हामी ३५ वर्ष लाग्यौं

०३ सोमबार , श्रावण २०७३१० बर्ष अगाडि

गोरखा एक्सप्रेस यो अङ्कदेखि ३५ वर्ष लागेको छ। माटोवादीहरुको पत्रिकाका रुपमा गोरखा एक्सप्रेसले आजसम्म आफ्नो धर्म निभाएको छ र जति दिन यो पत्रिका बाँच्ला, प्रकाशन होला, आफ्नो माटोप्रतिको धर्म निर्वाह गरिरहनेछ। सरकार र जनतावीचको माध्यमको रुपमा, देशको  सजग प्रहरी बनेर गोरखा एक्सप्रेसले बिना पूर्वाग्रह आफ्नो कर्तव्यको पालना गरिरहेको छ। गरिरहनेछ। यसरी कर्तव्य पालनाका क्रममा अनेक दुःख, कष्ट, अप्ठेराहरु पनि आए, ती सबै सिस्नोझारीहरु फाँडेर गोरखा एक्सप्रेस निरन्तर राष्ट्रसेवामा लागिरहेको छ। यो सेवा गर्ने आँट, हौसला, हिम्मत र सहयोग गर्ने सबैप्रति यतिबेला हार्दिक धन्यवाद दिन चाहन्छौं र यस्तै सहयोग, समर्थन र हौसला निरन्तर जारी रहोस् भन्ने अपेक्षा पनि गरेका छौं।

गोरखा एक्सप्रेसमाथि कूदृष्टि राख्ने, कूचेष्टा गर्नेहरु गरिरहुन्, हामी हाम्रो मार्गमा अडिग छौं। हाम्रो माटोभक्ति कसैको दबाब र प्रभावले छेकिने, झस्कने, भाग्नेखालको होइन। हाम्रो माटोप्रतिको प्रतिवद्धता हिमालजस्तै अचल, अडिग र जब्बर छ। हामी श्वास रहेसम्म यो नेपालीपन, नेपालीमन र पहिचानमा रहिरहनेछौं। र,राष्ट्रप्रतिको कूभावनाको भण्डाफोर गरिरहनेछौं। हामीलाई त्यो प्रेरणा माटोको सुगन्धले, जनताको देशभक्तिले र सहयोगीहरुको सद्भावनाबाट प्राप्त भइरहेको छ। यो प्रेरणाका स्रोतहरुप्रति सतसत् नमन। देशको अटलता र एकताका लागि यस्तै प्रेरणा फल्नफुल्न पर्छ र उत्प्रेरणा अझ उवालमा देखिनुपर्छ। हामी हाम्रो प्रयासमा छौं, सबै मिलेर एकताको दियो बालौं, देशभक्तिको उज्यालो छरौं। हामीले आफ्नो कर्तव्य पालना गर्‍यौं भने सन्ततीले त्यही सिक्नेछन् र संस्कार संस्कृति बन्नेछ। संस्कृतिको विकास गरौं। यत्यलम्।