Advertisement Banner
Advertisement Banner

२४ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

बालेनलाई इतिहास निर्माणको अवसर

२४ मंगलबार , चैत्र २०८२९ घण्टा अगाडि

बालेनलाई इतिहास निर्माणको
अवसर

मुलुकमा परिवर्तन गर्ने अभूतपूर्व अवसर बालेन साह र रास्वपालाई प्राप्त भएको छ । महानगरमा गरेका बालेनका कामले देशभित्र र कूटनीतिक बृत्तमा समेत काम गर्ने मान्छे भन्ने ब्राण्डिङ भइसकेको कारणले पनि जनतामा बालेन साहले आशा जगाएका हुन् । जनतामा पलाएको त्यही आशा पूरा गर्ने जिम्मेवारी फागुन २१ गतेको चुनावमार्फत जनताले दिएका छन् ।
कम बोल्ने, भाषण सकभर गर्दै नगर्ने, अपार साहस भएका र हक्की स्वभावका बालेन साह प्रधानमन्त्री बनेका छन् । बहुदलदेखि लोकतन्त्र कालको राजनीतिक असफलताले पनि बोल्नेभन्दा काम गर्ने व्यक्तिको आवश्यकता थियो, जुन जनताले चुने, देशले पायो, बालेनलाई अवसर आयो । राजनीतिक दलहरूले नीति, निष्ठा, सिद्धान्त छाडे, नैतिकता गुमाए, भ्रष्टाचारमा डुबे, नाताबादभन्दा बढी केही देखेनन् । यसबाट निराश भएका जनतामा आशा जगाएको छ । सिंहदरवार गाउँपालिकासम्म पु¥याउने भनेर पुराना दलहरूले भ्रष्टाचारलाई व्यापक बनाएका थिए । त्यसलाई करेक्शन गरेर बिकासको गति र समान अवसरहरू सिर्जना गर्नुछ । बालेन साहले प्रधानमन्त्रीका रूपमा सरकारी सेवाको विधि, प्रक्रिया, सार्वजनिक प्रशासन, विकासका मोडल, सरकारी काम गर्ने तौरतरिका लगायतका समग्र विषयमा गम्भीर समीक्षा र गर्नुपर्ने परिवर्तनका खाका कोर्न थालिसकेका छन् । बालेन साह र रवि लामिछानेको संयुक्त प्रयासलाई जनताले विश्वासमात्र गरेनन्, जनादेश, मतादेश र समर्थन गरिदिएका छन् । झण्डै दुई तिहाईको बहुमतको सरकार चलाउँदा बालेन साहलाई राम्रो काम गर्ने ठूलो अवसर प्राप्त भएको छ ।
अब रास्वपा र बालेन साहको सरकारले २०४६ र २०६३, ६५ सालको परिवर्तनको नाममा नेतातन्त्रको बाहुबलीतन्त्र जसरी रजगज गर्न पुग्यो, त्यो कालादिनहरूलाई बिर्साउने गरी काम गर्नुपर्नेछ । काम गरेरै स्थिरता, शान्ति र समुन्नतिको उज्यालो ल्याउनु छ । बिभेद, निषेध र प्रतिषोधका लेउ, काईलाई कोतरकातर पारेर मिल्काउनुछ । संवाद, सहमति र सहकार्यको राजनीतिक संस्कृति बसाल्नुछ । यही संस्कृतिको माध्यमबाट जति पनि राजनीतिक गिजोलिएका मुद्दाहरू छन्, तिनलाई समाधान दिनुपर्नेछ । गरेन, २०४६ सालको परिवतनपछि केही गर्न सकिएन । २०६३ सालको परिवर्तन र ०६५ सालमा राजतन्त्र किनारा लगाएर पनि केही भएन । दुईपल्टको संविधानसभा, २०७२ मा संविधान जारी गर्दा पनि केही भएन । दुईपल्टको आवधिक निर्वाचनपछि बनेका सरकारहरूले पनि राजनीतिलाई अपराधनीति नै बनाएर अघि बढे । यसकारण जनतामा नैराश्यता व्याप्त हुनपुगेको हो । बुढा पुराना, ठूला दल र नेताहरूले जनअपेक्षालाई कुल्चनेमात्र काम गरे, युवालाई निराशाको अन्धकारमा धकेलिदिए । नेतृत्व परिवर्तन भएको छ, शासन प्रशासनमा परिवर्तन ल्याएर जिम्मेवारी पूरा गर्ने समय, मौका आयो ।