Advertisement Banner
Advertisement Banner

०५ मंगलबार, जेठ २०८३16th May 2026, 4:05:57 pm

दुर्गतिको अर्को नाम राजनीति

०५ मंगलबार , जेठ २०८३एक घण्टा अगाडि

दुर्गतिको अर्को नाम राजनीति

नागाबाबा र नेतामा भिन्नता देखिन छाडेपछि बिद्रोह भयो । सडक विद्रोह, त्यसपछि चुनावी बिद्रोहपछि रास्वपाको सरकार आयो । यो सरकार परिवर्तन दिन्छु भनेर आएको हो । यो सरकार जनताले परिवर्तन खोजेपछि आएको हो ।
तर नैतिकता र निष्ठाका सीमाहरू पल–पल धराशायी पार्दै किनारा लागेकाहरू जनताले खोजेको परिवर्तन रोक्न धराप थापिरहेका छन् । यस्ता परिवर्तन बिरोधीहरू जसले ३७ वर्षमा कुनै परिवर्तन दिन सकेनन्, तिनले देश र जनतालाई दिनुसम्मको दुःख दिएकै हुन् । अझै अरू कति दुर्गति पार्ने हुन्, हेर्नुपर्ने भएको छ । भन्नलाई यी असफल पुराना नेताहरू लोकतन्त्र लोकतन्त्र भनिरहेकै छन्, लोकतन्त्रको अन्तिम सत्य भनेको देश र जनता हुन् । बालुवामा टाउको घुसारेर बलवानको आत्मरतीमा रमाउने सुतुरमुर्ग र पुराना दलहरू उस्तै उस्तै हुन् । तिनीहरू अहिले पनि नयाँ शक्ति, नयाँ परिवर्तनलाई परास्त पार्न न्वारानमा खाएको घीउको बल निकाली रहेका छन् । उनीहरू बालेन्द्र सरकार भाग्यो, मर्यादा नाघ्यो भनेर चिच्याइरहेका छन् । तिनले बालेन्द्र सरकारले भ्रष्टाचार ग¥यो भन्न सक्दैनन् । संसदप्रति जवाफदेही भएनन् भनेर आलोचना गरिरहेका छन्, राजीनामा मागिरहेका छन् । संसारमा सरकार गठन गरेको महिना दिनमै दुई तिहाइको सरकार प्रमुखको राजीनामा माग्ने विषयमा पुरानाहरूलाई महारथ प्राप्त भएको छ । जुन साह्रै्र नै अपाच्य विषय हो ।
१९३१ मा स्पेनका राजा अलफेन्सो गणतन्त्रवादीहरूको कहर सहन नसकेर सत्ता छाड्न बाध्य भए । गणतन्त्रवादीहरूले २८ वर्ष पनि चलाउन सकेनन् । थाइलैण्डमा पनि झण्डै ३ दशक राजतन्त्रले गद्दी छाड्नु प¥यो । २०६३ सालमा राजालाई बाध्य पारेर मरेको संसद ब्यूँताउन लगाए । पछि ती देशमा गणतन्त्रवादी फेल भए, राजतन्त्र पुनस्र्थापना गर्नपुगे । अहिले ती देशहरू सम्पन्नताको शिखरमा छन्, प्रगतिको उत्साहमा छन् । तर २०६५ मा अवैधानिक रूपमा गणतन्त्र कार्यान्वयन गर्नेहरूले गणतन्त्र पनि चलाउन सकेनन् । १७ वर्षमै जेनजी बिद्रोहले गणतन्त्र, संविधान, पद्धति सबै खरानी बनाइदिए । अहिलेको सरकार त्यही बिद्रोहको बिउ हो, अझै पनि गणतन्त्रवादीहरू समयको आहट, समयको माग बुझ्दैनन् ।
नेपालमा जनताले खोजेकै हुन् भने भन्दै राजाले सरक्क गद्दीबाट पन्छिदिए । तर लोकतान्त्रिक गणतन्त्रको १७ वर्षभित्र जुन दर्दनाक र पीडाजन्य घटनाक्रम देखिएका छन्, देश असफलताको कृष्णभीरमा पुगेको छ । त्यसपछि जनता जागेका हुन् । सवाल अभिभावकको हो, सवाल सुशासन, न्यायको हो । राजा फाल्नेहरू राजनेता बन्न सकेनन् । हरेक नेता भ्रष्टाचारको पुतला बनेका छन् । यसकारण देशमा अराजकता र अस्थिरता बढेको हो । राज्य सञ्जालनै राजनीतिक अपराधको दागले कलंकित छ । त्यो सुधार गर्न जेनजी सरकार लागेपछि भ्रष्ट, नीति र नैतिकहीन बुढापुराना दलहरू आफूलाई पानीमाथिको ओभानो साकित गर्न सकृय भएका हुन् ।
काम देउ, काम गर्छु भनेर आएको रास्वपा र बालेन्द्र सरकारलाई काम गर्न दिनुपर्छ भन्ने जनताको मत छ । तर पुराना दलहरूले राजनीतिकरण गरेका न्यायपालिकादेखि सबै राज्यसञ्जालहरूबाट दलीयकरण हटाउन खोज्दा पुराना दलहरूले तीन लोक चौधभुवन देखेका छन् । उनीहरू नराम्ररी रिसाएका छन् र आफूजस्तै अलोकप्रिय र जनविरोधी रूपमा रास्वपा र बालेन्द्र साहलाई देखाउन खोजिरहेका छन् । केही नपाएर नियमानुसार चल्दा पनि संसदप्रति जवाफदेही नभएको आरोपका साथ तीब्र बिरोधमा उत्रिएका छन् । प्रम बालेन्द्रले भनेका छन्– भाषणले देश बन्ने भए पुरानाले गर्नुसम्मको भाषण गरेकै हुन्, देश बनेन, सुशासन भत्कियो । अपराध मौलायो । मलाई मार्न खोज्नेहरूसँग समेत म डराउन्न । म काम गर्न आएको हुँ, काम गर्छु । भ्रष्टहरूलाई खोरमा नजाकी छोड्दिन । प्रमका यस्ता सतिसालजस्ता दह्रो कुरा सुनेपछि आत्तिएका बुढा पुराना भ्रष्टहरूको सातो जानु स्वभाविक हो । उनीहरू बर्बराउनु पनि अस्वभाविक होइन । प्रम बालेन्द्र साह र रास्वपा पार्टी एकढिक्को छ, यही प्रकारले सरकारले जनअपेक्षा पूरा गर्छ भन्ने विश्वास देशैभरि फैलिन थालिसकेको छ । राज्यलाभ लिएकाहरूको स्वार्थ उजागर भएपछि, लूट खोसिएपछि रिसाउनु स्वभाविक हो । जनता चाहन्छन्– सरकारले काम गर्नुपर्छ ।