Advertisement Banner
Advertisement Banner

१० बुधबार, असार २०८३20th June 2026, 4:50:23 am

बालेनको अनौठो कार्यशैली

०९ मंगलबार , असार २०८३१७ घण्टा अगाडि

बालेनको अनौठो कार्यशैली

सरकार एमालेको थियो, कांग्रेस–एमाले–माओवादी जाज्वल्लयमान देखिन्थे, त्यही बेला मेयरको चुनाव भयो, बालेन साहलाई जनताले आश्चर्यजनकले राजधानीको मेयर जिताए । बालेनले राजधानीका सडकपेटी, सरसफाइका काम गरिरहेका थिए । बालेनको कामको प्रशंसा भइरहेकै थियो । त्यही समयमा बिदाको दिन राति उनको गाडीलाई कोटेश्वरतिर ट्राफिक प्रहरीले रोकेको थियो । त्यही बेला सामाजिक सञ्जालमा उनले भनेका थिए– ‘आजको लागि केही भएन । भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु, याद राख चोर सरकार ।’ हुन पनि मेयरले महानगरको प्रशासक मागेका थिए, ओली सरकारले मेयरलाई हायलकायल पार्दै काम गर्न नदिने नीति लिएको थियो । ओली सरकार यसरी मेयरपछाडि लागेको थियो कि महानगरका कर्मचारीले ३ महिनादेखि तलव नपाएर भोकभोकै थिए । अनि मेयर बालेनले भनेका थिए– एक हप्तामा  कर्मचारीले तलब पाएनन् भने सबैलाई टुकुचामा गाडिदिन्छु ! पछि हेरौँला तिमीहरूको के–के तन्त्र हो !’ सामाजिक सञ्जाल बालेन साहको ब्रम्हस्त्र बन्दै आएको छ । फागुन २१ को चुनावले देशलाई छपक्कै छोपेको थियो । चुनावी दौडाहमा थिए बालेन । चुनावभरि जम्माजम्मी १९ मिनेट भाषण गरेका बालेन साहले कहीं पनि आफूलाई, रास्वपालार्य भोट मागेनन् । उनले काम मागे । काम गर्छौं भने । धनगडीको आमसभामा बालेनले दुई वर्षमा बन्ने बाटो २० वर्षमा पनि बन्दैन, डेढ वर्षमा बन्नुप¥यो त्यो हो हाम्रो एजेन्डा, रूखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ बाटो बन्नुप¥यो ।
आज बालेन सरकार छ । बालेन सरकारको गति बेजोडको छ । प्रशासकदेखि संवैधानिक निकाय सबैलाई सोझै भनेका छन्– हाम्रो गतिमा काम गर्नु, काम गर्न नसक्ने भए मार्ग प्रशस्त गरिदिनु । सुशासनको गति तीब्र छ । सेवाग्राहीले सेवा पाउन थालेका छन् । भ्रष्टाचारका ०४६ सालदेखिका फाइल खोल्न थालिएको छ । राजनीति तरङ्गित हुनपुगेको छ । पुराना दल, नेता र पदमा भएकाहरू त्रसित भएका छन् । बिदा लिएर विदेश भासिएका प्राध्यापकहरूले समेत पैसा फिर्ता गर्न थालेका छन् । बालेन सरकारले परिवर्तनको झल्को दिन थालेको छ ।
बालेन सरकारका हरेक मन्त्री एक्सनमा उत्रिएका छन् । बालेनले जेठ १७ गते प्रधानमन्त्री बनेपछि मैले पनि थाहा पाएँ, नेपालले पनि भारतको जमिन मिचेको रहेछ, अब साथीजस्तो मिलेर, कूटनीतिक छलफलबाट सीमा समस्या समाधान गर्ने भनेर दिएको अभिव्यक्तिलाई एकसरो पक्रेर, बालेनको जिब्रो थुत्ने रूपमा विपक्षीहरू संसदमा निरन्तर बालेन साहको सातो लिनेगरी चिच्याइरहेका छन् । पुराना दलले बनाएकै नियमानुसार हरेक जवाफ प्रम बालेनका तर्फबाट अर्थमन्त्रीले दिइरहेका छन् । प्रम बालेन संसदमा उठेका, सांसदले उठाएका हरेक प्रश्नको जवाफ कामले दिने नीतिमा देखिन्छन् । आश्चर्य त के छ भने लिपुलेकमा भारत र चीनले राजमार्ग खोलेर, व्यापार गर्ने, पर्यटन उद्यम बढाउने विषयमा नेपालले कूटनीति नोट पठायो, यसबाट भारत र चीन दुबैतिर हलचल मच्चियो । दुबै देशले नेपालका परराष्ट्रमन्त्री शिशीर खनाललाइ निम्त्याएर स्पष्ट पारिसकेका छन् । कूटनीतिक सम्बन्धमा नयाँ आयाम थपिएको छ । नयाँ सरकारसँग मिलेर काम गर्न दुबै देशले स्वीकार गरेका छन् । नेपाल भारतवीच भएका संयन्त्रहरू एकाएक सकृय भएका छन् । यो राम्रो कुरा हो । यो सबै प्रम बालेनको कूटनीतिक चातुर्यताका कारणले भएको हो ।
प्रतिपक्षी दलहरूले सरकारलाई आजसम्म सुझाव दिने, अनुभव साटफेर गर्ने काम गरेनन् । मात्र आलोचना, आलोचनामात्र गरिरहेका छन् । जसरी पनि सरकार ढाल्ने साजिसमा लागेका छन् । बालेन सरकार लोकप्रिय मतबाट बनेको सरकार हो । रास्वपालाई प्रष्ट बहुमत दिएका छन् । यसकारण रास्वपा अथवा रास्वपाको सरकारलाई हल्लाउन सक्ने ताकत प्रतिपक्षीहरूसँग छैन । हो, समयक्रममा प्रष्टता हुनुपर्छ, प्रम बालेनले पनि बोल्नुपर्छ । स्पष्ट पार्नुपर्छ । राम्रो काम नगरेको खण्डमा जनताले रास्वपालाई किनारा लगाउने छन् । राम्रो काम गर्दा गर्दै आलोचना र राजीनामा माग्दैमा बालेन सरकार ढलिहाल्छ भन्नु दिवासपनाजस्तै हो अहिलेलाई ।