Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

शासन अब मंगलसेनको घोडा बन्न सक्दैन

१२ मंगलबार , श्रावण २०८३३ दिन अगाडि

शासन अब मंगलसेनको घोडा बन्न सक्दैन

०४६ सालमा बहुदल पुनस्र्थापना भएपछि बहुदल मैमत्ता बनेको मंगलसेनको घोडा बनेर खुब कुद्यो । अब सुशासन आउला कि, आउला कि भन्दा भन्दै बहुदलले श्री गुमायो । नीति, सिद्धान्त गुमायो । बहुदलीय नेताहरूले नैतिकता गुमाए । कुनै पनि दलमा, दलीय शासनमा इमान भन्ने बाँकी रहेन । यत्ति भनिसकेपछि बहुदलले के दियो भनेर भनिरहनु पर्दैन, किनकि बहुदलले दिएको भ्रष्टाचारमात्र हो ।
राजाले दुई वर्षमा चुनाव गराएर शासनसत्ता चुनाव जित्ने दलहरूलाई नै फिर्ता दिन्छु भन्दा दलहरू मानेनन् । भारत मानेन । दरवार हत्याकाण्डपछि नेपालबाट राजतन्त्र नै फाल्ने योजना बुनिएको रहेछ । जुन राजाको हातबाट मरेको संसद ब्यूँताइयो, त्यही राजासँग सपथ खाएको तत्कालीन सरकार प्रमुख आफै कामु राष्ट्राध्यक्ष बने, अन्तमा चुनाव हारेका नेतालाई संसदमा राजतन्त्र उन्मूलनको प्रस्ताव पेश गर्न लगाइयो र टेबुल ठटाएर राजतन्त्र फालियो । देशमा सुशासन आउँछ भने, सुख पाइन्छ भने ठिकै छ नि त भनेर जनताले दलहरूको निर्णयलाई स्वीकारे ।
गणतन्त्र कार्यान्वयन भयो, भारत खुशी बन्यो, भारतवादी पार्टी र नेताहरू खुशी भए । बहुदल आउँदा जनताले दुःख र कष्टमात्र पाए । लोकतान्त्रिक गणतन्त्र ल्याइयो, जनताले पीडामात्र पाए । ०४६ सालपछिको बहुदल र ०६५ सालपछिको लोकतान्त्रिक गणतन्त्रले देशलाई के दियो भनेर हेर्दा भ्रष्टाचारको दलदलबाहेक केही दिएन । शान्ति, सुरक्षा, सुशासन, जनताले पाउनै पर्ने नैसर्गिक अधिकारहरूमा दल र दलीय नेताहरूले लूट मच्चाए । यहाँसम्म कि अमेरिकी राष्ट्रपतिले समेत नेपाल फ्रडहरूले चलाएको आरोप लगाए । नेताहरूले आफ्नै नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएरसमेत अमेरिका पठाए । नेपाल ग्रेसूचीमा प¥यो । नेपालीहरू प्रत्येक दिन उकुशमुकुसमा थिए । देशमा लूटतन्त्र र नातावादको विरूद्ध बाध्य भएर अभिभावकहरूले गरिरहेको बिरोधभन्दा कडा विद्रोहमा जेनजी पुस्ता सडकमा उत्रियो । सत्तामा रहेको एमाले र कांग्रेस, प्रतिपक्षीमा रहेका माओवादी र अन्य साना दलहरूले जेनजी पुस्ताको विद्रोहको आँधीलाई थाम्न सकेनन् । सबै भागाभाग भयो । आजको परिवर्तन, नयाँ पुस्ताले सम्हालेको शासन जेनजी पुस्ताको विद्रोहबाट आएको हो । यो शासनलाई असफल हुने छुट छैन । तर पुराना दलहरू, नेताहरू नयाँ पुस्ताको शासनलाई राष्ट्रघाती सावित गर्न कम्मरकसेर लागेका छन् । यथार्थ के छ भने आज पनि पुराना दलहरू खुला रूपमा जनसमक्षा जान सकेका छैनन् ।
धेरै बिपत्ति मच्चायो, लोकतान्त्रिक गणतन्त्र नामको शासन सत्ताले । चितवनको ध्रुवे हात्तीभन्दा छाडा देखियो । मंगलसेनको मदमत्त घोडा बनेर धेरै कुद्यो । यो छाडा घोडा, हात्तीलाई नियन्त्रण जनताले नै गर्नुपथ्र्यो । गत फागुन २१ को चुनावमा जनताले यिनलाई साइजमा ल्याइदिए, किनारा लगाइदिए । 
अब देश झिंझाको डाकाले जसरी चल्दैन । विधिले चल्छ, विधि बसाल्नुपर्छ । सेटिङले चल्दैन, योग्यताले चल्नुपर्छ । भ्रष्टाचार रोकिनुपर्छ, हत्यारा, भ्रष्टहरूले कानुनको छिद्रबाट छुट् पाउनु हुन्न । नयाँ नेपाल बनाउनेहरू सत्तामा पुगेका छन्, तिनले निर्माण गर्नुपर्छ । भाग शान्ति लोकतन्त्र भन्ने मान्यता तोडिनुपर्छ । लोकतन्त्र लोक जीवनमा अनुवाद नै हुनुपर्छ । राजनीतिक ‘बाहुबलीपन’मा मग्न हुनेप्रथा खारेज हुनुपर्छ र यो महामारीलाई नियन्त्रण गर्नैपर्छ । लोकतन्त्र नेताहरूको कमाउने र सर्वसत्ताबाद चलाउने आवरण हुनसक्दैन । निकृष्ठ राजनीतिलाई समाज बदल्ने उत्कृष्ठ पद्धति बनाउनुपर्छ । समाजमा बहुदल र गणतन्त्रले थामिनसक्नुको फोहरको बोझ राष्ट्र र जनतामाथि थोपेरेका छन् । यसलाई सफा गर्न युवा पुस्ता र नयाँ पुस्ताको सरकारले कम्मर कसेको छ, परिणाम दिन सक्नुपर्छ ।