
छन्, यो देख्दा पोष्टमार्टम नै गर्नुपर्ने भयो । गणतान्त्रिक लोकतन्त्र भन्दा भन्दै कस्तो पद्धति विकास भएको रहेछ । एउटा विचौलियाको पक्राउ गरेर अनुसन्धान गर्दा सुरक्षा निकाय, न्यायालयदेखि राजनीतिक नेताहरूसम्मको आन्द्राभुँडीभरि भ्रष्टाचार नै भ्रष्टाचार देखिन्छ भने अव भ्रष्टाचारको विषयमा पोष्टमार्टम नै गर्नुपर्ने भयो । जबसम्म चिरफार गरिनेछैन, भ्रष्टाचारको हाँगाबिँगा देखिनेछैन । छिमोल्न सकिन्न । ०४६ सालपछि देशलाई बहुदल र लोकतन्त्रका नाममा राजनीतिक दल र तिनका कार्यकर्ताले दलाल पालेर सेटिङमा पो राज्य चलाइरहेका रहेछन् । विधिभन्न विषय त देखावटी रहेछ । यसकारण त ६५ वर्षदेखि अदालतले मुद्दा फस्र्यौट नगर्ने, विचौलियाको चासो भएको विषयमा तत्कालै निर्णय दिने कााम भइरहेको रहेछ । विचौलियाले कसलाई कुन पदमा नियुक्ती गर्न लगाउँछ, बहुदल र लोकतन्त्र भन्ने पार्टीका नेताहरूले त्यही त्यही निर्णय गर्ने गरेका रहेछन् । अब संविधान र संवैधानिक निकायमा पुरै सफाइ अभियान चलाउनुपर्ने देखियो । जता पनि पुराना दलका मान्छे, तिनले गरेका कालाकर्तुतहरू धमाधम सार्वजनिक हुनथालेकाले पनि सफाइ अभियान जरूरी भयो ।
इतिहासमा वर्णित छ– औरङ्गजेबको व्यक्तिगत तर डरलाग्दोहतियार थियो– खञ्जर (छुरा) । सार्वजनिक रूपमा दण्डित गर्नुपरे काँडे कोर्रा (बागन्याक–फलामको काँडे पञ्जा) थियो । जसले स्वराजप्रति घात गर्छ, त्यसलाई औरङ्गजेवले फलामको काँडे पञ्जा छाती र भुँडीमा धस्थे । त्यसैले त सन १६५७ देखि १७०७ सम्म औरंगजेव सोल्जरको जीवन बाँचे, स्वराज भन्दै मृत्युवरण गरे । जब जब स्वराज र स्वच्छताको कुरा आउँछ, आज पनि औरंगजेवको सम्झना गरिन्छ ।
बडामहाराजाधिराज पृथ्वीनारायण शाह थिए, नेपाल निर्माण गरिदिए । जातीय सद्भाव र एकताको सूत्र बनाइदिए । यस्तो बहुजातीय अखण्ड देशलाई बिखण्डनको खतरामा पार्ने, भ्रष्टाचारको आहाल बनाउनेहरू ०४६ देखि ०८२ सालसम्मका शासक दलहरू हुन्, तिनका टाउके नेताहरू हुन् । नेतृत्व अनैतिक, भ्रष्ट, सिद्धान्तहीन रहेछ र पो नेपालको सुदूर भविष्य अन्धकार अन्धकारमय बनाएको रहेछ । अहिले आएर पोल खुल्यो । अझै राम्ररी पोष्टमार्टम गर्ने हो भने भ्रष्टका आन्द्राभुँडी छ्यालब्याल रूपमा देखिनेछ । आज देशले ३० खर्बमाथिको ऋणभार बेहोर्न परेको छ, विकासशून्य छ, जता पनि घूसमात्र खोजिन्छ । गणतान्त्रिक लोकतन्त्र चलाउनेहरूको दिमागमा भूस भरिएको रहेछ र त, जनताले सास्ती पाएका रहेछन्, देशको अस्तित्व संकटमा फसेको रहेछ, देशलाई बचाउने जिम्मा अब नयाँ पुस्ताले गर्नुपर्नेछ ।
विचौलियासँग नाइटो जोडिएकाहरूलाई फाल्नेपर्छ । संवैधानिक अप्ठेरो छ भने त्यसलाई फुकाउनैपर्छ । यो सफाइ अभियानमा जसजसले साथ दिदैनन्, तिनको हिसावकिताव जनताले गर्नेछन् । जनताले खोजेको राहत, सुशासन, समृद्धि हो । यसका लागि विधिका शासन अपरिहार्य छ । विधिको शासन स्थापित गर्न जसले साथ दिंदैन, अल्झो थाप्छ, त्यसप्रति जनता अझ निर्मम हुनुपर्नेछ । आजको परिवर्तनको बाहक जनता हुन् । नयाँ पुस्ता हो । नयाँ पुस्ताको सरकारले भ्रष्टाचार गरेको कुनै पनि प्रमाण छैन । नैतिक धरातलमा अब्बल छ यो सरकार । सरकारमा रहेका कुनै असक्षम छन् भने तिनलाई विदा दिएर नयाँ सक्षमको चयन हुनुपर्छ । तर भ्रष्टाचारमाथि शून्य सहनशीलताका साथ काम हुनैपर्छ । काण्डका चाङ छन्, ती काण्डहरूको छानबिनमा कुनै कसर छाड्नुहुन्न । समय यही हो, देशलाई सुशासनमय, विधिमय बनाउनका लागि । जनताले ऐतिहासिक मतादेश दिएका छन् । कुनै पनि दलले यो सरकारलाई हल्लाउन पनि सक्दैन । यिनले गर्ने भनेको हल्ला हो, जुन संसददेखि सडकसम्म देखिएकै छ । तर यिनको हल्लामा जनताले कुनै साथ दिएका छैनन् । बालेन सरकारले राम्रो गर्दा विपक्षीले जनताको साथ पाउनेवाला पनि छैनन् । बालेनको ढाडमा हाड कति त, त्यो अव देखिने समय आयो, देखाउनैपर्छ ।


