Advertisement Banner
Advertisement Banner

२१ बिहिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

संविधान पनि कमजोरलाई नै हो?

१६ सोमबार , चैत्र २०७१११ बर्ष अगाडि

चैत १४ गते संविधानलाई सम्भव बनाउन राजनीतिक दलहरुवीच संवादका माध्यमबाट सहमति खोज्ने प्रयत्न हुादै थियो– प्रचण्डले ६ माओवादीको तीनकुने कार्यक्रममा उभिएर चिस्सिएका सबै माओवादी पंक्तिलाई तताईदिए– 'कानुन भनको

कमजोरका लागि हो, बलियोले च्यात्छ। बलियोले कानुन च्यात्छ, नयाँ कानुन बनाउाछ। माओवादीहरु कमजोर हुनथालेपछि माओवादीमाथि कानुन लाग्न थालेको हो।' प्रचण्डले यसरी तातो तातो विध्वंशकारी अभिव्यक्ति दिएपछि सबै माओवादी नेता र

कार्यकर्ता ताते र तातो थपडी बजाए। त्यसो भए संविधान निर्माणमा संवाद, सहमति र सहकार्यको जुन भगिरथ प्रयत्न भइरहेको छ, त्यो सबै बलियाको हुकुमकारी र कमजोर जनतालाई हुकुमको तामेली उन्मुख गराउनका लागि हो त? यसबारेमा

प्रचण्डले केही भनेनन्, उनको संकेत बुझ्नेहरुले बुझे– संविधान जनताका लागि बन्दैछैन। सर्वोच्च अदालतले विचाराधीन मुद्दा मेलमिलाप आयोगमा पठाउन सकिन्न भनेर जुन फैसला दिएको छ, त्यसबाट एमाओवादी क्रुद्ध भएको छ। एमाओवादी

जनयुद्धकालीन जुनसुकै मुद्दालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाएर मेलमिलापकै माध्यमबाट टुंगोमा पुर्‍याउन चाहन्छ। तर, अदालत र अधिकारकर्मीहरु गम्भीर प्रकृतिका मुद्दामा दण्ड दिनुपर्ने मान्यता राख्छन्, मेलमिलापमा टुंगिन

सक्दैन भन्छन्। त्यसैको प्रतिध्वनी हो प्रचण्डको अभिव्यक्ति। प्रचण्डकै शव्दमा 'हामी एक भएनौं भने हामीलाई माकुराको जालोमा झिंगा अल्भि्कएझैं इतिश्री पारिने छ। चराले माकुराको जालो च्यातचुत पारेर उड्छ, हामी एक भएर सडकमा गर्जियौं

भने त्यस्ता कानुन सानुन च्यातिन्छ।' यो शाश्वत सत्य हो कि बलियाले कमजोर जे पनि च्यात्न सक्छ। तर बलियो हुा भन्दैमा कानुन च्यात्ने कुराले बिधिको शासनको वकालत गर्दैन। माफिया, तस्कर, गुण्डागर्दी, अलोकतान्त्रिकहरुले मात्र भताभुङ्ग पार्ने

कुरा गर्छ र आफूलाई महारथ प्राप्त भयो भनेर आत्मरती गर्छ। कम्तिमा पनि संविधानसभामा प्रतिनिधित्व गर्ने र संविधान निर्माणमा अहं भूमिका भएको एमाओवादीजस्तो पार्टीले सडकका माओवादीहरुलाई उचालेर बलियो बनेर बिधि भत्काउने कुरा

नगर्नु उचित हुनेथियो। संविधानसभाको शक्ति राख्ने प्रचण्डले सडकमा यसरी बाइफाले उफ्रनुले बिधिको शासन आफू प्रतिकूल भयो कि जुनसुकै बेला उल्लंघन हुनसक्ने चेतावनीले तर्साएको छ।
संवैधानिक शान्ति, समानता र प्रगतिका लागि आश्वस्त पार्ने समयमा कानुन च्यात्ने कुरा? त्यसो भए प्रचण्ड कसका लागि संघीयतासहितको संविधानको लल्लरी बिल्लरी गाईरहेका छन्? प्रचण्डले चर्को भाषणमा भने 'माओवादीहरु अहिले पनि

क्रान्तिकारी हुन्।' जनता प्रचण्ड र सबै माओवादीमा लोकतान्त्रिकरण हेर्न लालायित छन्। प्रचण्ड परिवर्तन हुनै चाहदैनन्। क्रान्तिकारी भए उनले १० वर्ष मान्छे मार्ने बाहेक निर्माण, स्वाधीनता, सार्वभौमिकता र देश बलियो पार्ने कुन क्रान्ति गरे। सत्तामा

भागबण्डा खोज्ने क्रान्ति, सत्तामा भागिदारी हुन लालायित हुने क्रान्ति? एमाओवादी बलियो होस्, एमाओवादी बलियो हुनका लागि जनताको खातिर संविधान बन्नुपर्छ, बलियाले च्यात्न नसक्ने संविधान बन्नुपर्छ भन्ने चेतना रहोस्।