Advertisement Banner
Advertisement Banner

२५ आइतबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

कांग्रेस कति दयनीय ?

२४ सोमबार , चैत्र २०७६७ बर्ष अगाडि

बल्ल बल्ल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मुख खुलेको छ । उनले आपातकालमा मगाइएका मेडिकल सामानहरुमा भएको भ्रष्टाचारको छानबिनको मा“ग गरेका हुन् । यसअघि भएको जघन्य भ्रष्टाचारका जहाज खरिद, यति ग्रुपले राष्ट्रिय सम्पत्तिमा गरेको हैकम, बालुवाटारका जग्गामा राजनीतिक माफियाकरण, सुनकाण्डलगायतका कुनै पनि काण्डमा नेपाली कांग्रेसले मुख खोल्न सकेको थिएन । कांग्रेसले मुख खोल्यो भन्नुको अर्थ यस काण्डमा कांग्रेसले भाग पाएका रहेनछ ।
प्रमुख प्रतिपक्षी दल भनेको छाया“ सरकार मानिन्छ । सरकारमा बस्नेले बाटो बिराए भने खबरदार गर्ने र सरकार फेल हु“दा सरकारमा गएर राज्य सञ्चालन गर्नुपर्ने गुरुतर दायित्व पनि प्रमुख प्रतिपक्षीको हुनेगर्छ । तर नेपालको प्रजातन्त्रवादी पार्टी नेपाली कांग्रेसले कम्युनिष्टको पछि लाग्दा आफ्नो सिद्धान्तमात्र समाप्त पारेन, जनतामा रहेको साख र इज्जतसमेत गुमायो । नराम्ररी चुनाव हारेको नेपाली कांग्रेस अझै तङ्ग्रििन सकेको छैन, उल्टै सत्तामा गएका कम्युनिष्टहरुले कम्युनिष्ट भनेका कमिशन एजेण्ट हुन् भनेर प्रमाणित गरिसक्दा पनि कांग्रेसले एकशव्द बोल्न सकिरहेको थिएन । बल्ल आएर कोरोना भाइरसको महामारीको अवसर पारेर कम्युनिष्टले जनस्वास्थ्यमा मात्र होइन, विश्वमा नै नेपालको बदनामी हुने गरेर नक्कली सामान, प्रायोजित ठेकेदारबाट मगाएर कमिशन खानु नै आफ्नो लक्ष्य भएको प्रमाणित गरेको हो । यति हु“दा प्रतिपक्षी कांग्रेसले नेकपाको झ्याम्टा बजाएर राष्ट्र र जनतामाथि घात गर्नबाट रोक्नु पर्ने र घातीहरुलाई कानुनको कठघरामा उभ्याउन अघि सर्नुपर्नेमा केही गर्न सकेन । मात्र भ्रष्टाचारको छानबिन गर्नुपर्छ भनेर मलिनो स्वरमा बोलिरहेको छ । यसको अर्थ हिजो आफू संलग्न भएका भ्रष्टाचारका फाइलहरु कम्युनिष्ट सरकारले खोलिदेला भन्ने भय नेपाली कांग्रेसका शीर्ष नेताहरुलाई अझै रहेको देखिन्छ ।
नेपाली कांग्रेस आफूलाई समाजवादी र प्रजातन्त्रको बिडा उठाउने पार्टी भनेर थाक्दैन । हुन पनि जे जति परिवर्तनहरु भएका छन्, वर्तमान संविधानसमेत कांग्रेस सत्तामा भएका बेलामा जारी गरिएको हो । यति हु“दा पनि कांग्रेसले आफ्नो महत्व जनताको मनमा कायम राख्न सकेन । कांग्रेस भनेको भ्रष्टाचारको दलदल हो भन्ने वातावरण बनाएकैले चुनाव हा¥यो । अव त्यही मार्गमा कम्युनिष्टको सत्ता पनि चलिरहेको छ । दुर्भाग्य ।