Advertisement Banner
Advertisement Banner

२२ आइतबार, असार २०८२16th June 2025, 6:20:04 am

पाचगाउ नदिए महाभारत निश्चित

०१ सोमबार , मंसिर २०७७५ बर्ष अगाडि

पूर्वराजतन्त्र र हिन्दुराष्ट्रलाई सम्मानित स्थान दिन राजी नभए यो सत्ता अव धृतराष्ट्र, दुर्योधन र दुशासनको अहंकारी हुनेनिश्चित छ । अहंकार भनेको अ“गार हो, अ“गार हुने कि मिलिजुली बस्ने ? निर्णय गर्नुपर्ने भनेको सत्ताधारीले हो, जो अहंकारले आगो आगो भइरहेका छन् ।
आगो कसैको पनि मित्र हुन्न । आगोको धर्म भनेको खरानी बनाउनु हो, नष्ट गर्नु हो । नष्ट हुने कि सम्मानित भएर मिलिजुली बस्ने ? यतिबेलाको यक्ष प्रश्न यही हो । यो प्रश्न प्रत्येकका सामु उपस्थित भएको छ ।
भातृमिलाप गराउन श्रीकृष्ण दूत बनेर धृतराष्ट्रको सभामा पुगे । श्रीकृष्णले प्रस्ताव गरेका हुन्– पाण्डवलाई पा“च गाउ“ दिउ“, युद्ध टर्न सक्छ, युद्धले कसेको पनि हित गर्दैन, हस्तिनापुरको हित हु“दैन । पिता महाराज धृतराष्ट्रले बोल्न पाएका थिएनन्, छोरा दुर्योधनले कुर्लिए– पा“च गाउ“ त के, सियोको टुप्पोधरी दिन्न । युद्ध भए होस्, युद्ध गर्न तैयार छु ।
यही हो अहंकार । यही हो भातृमिलाप, मित्रपिलाप हुन नदिने अहंकार । आफूमात्र ठिक, अरु सबे बेठिक मान्ने प्रवृत्ति र आफूले अधिनायकत्व चलाइरहदा यही नै समृद्धि, शान्ति र लोकतन्त्र हो भन्ठान्दा नेपालको राजनीतिमा महाभारत निकट हु“दै गइरहेको ।
जसलाई भ्रम छ, जो स्पष्ट छैन, उसले २०६३ साल वैशाख ११ गते भारतका बेदान्ताचार्य जो भारत सरकारको साक्षीका रुपमा नेपालमा राजनीतिक सुलहका लागि आएका थिए, उनको उपस्थितिमा भएको राजनीतिक सम्झौता हेरुन् । करण सिंहले पनि त्यो सम्झौता बताइदिउन । त्यतिबेला कांग्रेसको र आज भाजपाको सरकार छ भारतमा । भाजपा नेतृत्वको भारत सरकारले त्यो सम्झौतालाई सार्वजनिक गरिदेओस् । यसपछि सबैका अहंकार पानी पानी हुनेछ । मिलेर अघि बढ्न सबैलाई प्रेरणा मिल्नसक्छ ।
दुर्योधन, दुशासनले पा“च गाउ“ दिन्न भन्दा महाभारतको युद्ध भयो, कुरुबंशको बिनास हुनगयो । त्यस्तो मूल्य नेपाल र नेपालीले चुकाउनु नपरोस् । त्यसै पनि जनयुद्ध, जनआन्दोलनका कारण नेपालीले रगतको आ“सु रुनु परेको छ । त्यो संक्रमणकालीन कानुन नबन्दै, पुराना घाउहरु निको नहु“दै अर्को घाउ लाग्ने वातावरण सिर्जना हु“दै गएका छन् ।
आज प्रत्येक ठूला साना सहरमा राजा आउ देश बचाउ भन्ने नारा लागिरहेका छन् । जुलुस निस्किरहेका छन् । ¥यालीहरु भइरहेका छन् । कोरोनाको महामारीमा ज्यानको बाजी लगाएर जनता सडकमा निस्किनु भनेको लोकतान्त्रिक शासन पद्धति सञ्चालन गर्नेहरुमा कमी कमजोरी भएर नै हो । यो कमजोरी स्वीकार्दा कोही सानो हु“दैनन् । मूलकुरो जनताको सेवा हो, हित हो, देशको भलो हो । यिनै गुरुतर दायित्व निर्वाह गर्न नसक्दा नेता, तिनका व्यवहार, प्रशासन, तिनका कुशासनप्रति जनतामा नैराश्यता र आक्रोस बढेको हो । यो आक्रोस यही मत्थर पार्नका लागि सबैले छातीमा हात राखेर सोच्नुपर्छ, राजतन्त्र र हिन्दुवादीहरुलाई यथासम्मान दिनुपर्छ । यस्तो मान्यता राख्नेको संख्या ९५ प्रतिशत छ भन्ने बिर्सनु हुन्न । यो सत्यलाई भुलेर अहंकारी बन्ने र हामी नै ठिक भन्ने हो भने नेपालमा अर्को महाभारत हुनेछ, फेरि जनताले महगो मूल्य चुकाउनु पर्नेछ । चेतना होस् ।