Advertisement Banner
Advertisement Banner

२६ सोमबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

सुरुभो झर्कोलाग्दो झगडा

१५ मंगलबार , पौष २०७११२ बर्ष अगाडि

केपी ओलीले यो मान्दिन, त्यो मान्दिन, जातीय संघीयता चाहिन्छ, पहाड र तराई नै छुट्याउन खोज्ने? त्यस्ता कुरा मानिन्न, सहमतिमा नआउने हो भने प्रक्रियामा गइन्छ, कोही नआएर केही हुन्न भनेर सुशील कोइरालाको आयोजनको वालुवाटार बैठकमा के एमाओवादीमाथि बज्र प्रहार गरिदिए प्रचण्ड तिलमिलाए। प्रचण्डले सभामुखसँग भनेका छन्– 'ओली यो देशका ठेकेदार पनि होइनन् महाराज पनि होइनन्। 'एउटा पार्टीको अध्य212 भएँ, वा अलिकति सिट बढि आयो भन्दैमा महाराजधिराज नै मै हुँ। अरु सबै रैति भए अरु सबै दासहरु हुन्। त्यो ठानियो भने त्यो मानसीकतासँग त झुक्न सकिदैन। यसरी ओलीजीले यो देशको ठेकेदार मै हो भन्दै जे मन लाग्यो त्यहि बोल्ने?' सरसर्ति हेर्दा प्रचण्ड फेस सेभिङ गर्न बाध्य भएकै हो। तर, माघ ८ मा संविधान जारी होस् भन्ने चाहिरहेका जनताकालागि यो झर्कोलाग्दो झगडाले कतै राजनीतिक रण्डखाल नमच्चाओस् भन्ने आशंका पो बढ्न थालेको देखिन्छ।