Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

Image

कर्मचारीतन्त्र किन नकारात्मक

राजन कार्की

२३ मंगलबार , श्रावण २०८०एक बर्ष अगाडि

कर्मचारीतन्त्र किन नकारात्मक

कर्मचारीतन्त्र सेवाग्राहीप्रति, उद्योगधन्दा सञ्चालन गर्न चाहनेप्रति, स्थापित उद्योगीव्यापारीप्रति कि यति धेरै नकारात्मक बनेका होलान् ? जसरी पनि सेवाग्राहीलाई अड्को देखाउने, फसाउने कालो मनसाय बोकेर बसेका हुन्छन् कर्मचारीतन्त्र ? यसको खास कारण के हो ? विश्लेषण भएकै छैन ।
केही विज्ञ भन्छन्– राजनीति मूल आधार हो, राजनीति अपराधिक बनेकाले कर्मचारीतन्त्र पनि अपराधिक मानसिकताबाट ग्रसित हुनपुगेका छन् । राजनीति गर्नेहरू जसरी पनि सत्ता, शक्ति र पैसाका लागि मरिहत्ते गर्छन्, राजनीति गर्नेले आफ्नो स्वार्थका लागि कर्मचारीतन्त्रको दुरूपयोग गर्छन्, कर्मचारी पनि नेताले कमाउन हुन्छ भने हामीले किन हुन्न ? भनेर नेताकै पछि पछि लागेर पद र प्रतिष्ठालाई कमाउने धन्दा बनाउँछन् । कर्मचारीले बिर्सेका हुन्छन्– सेवाग्राहीले तिरेको करको रकमको तलवभत्ता खाइरहेका छन्, सेवा लिइरहेका छन् । देशको १७ खर्बको बजेट छ, २३ खर्ब बैदेशिक ऋणको भार परिसक्यो, झण्डै १० खर्ब त कर्मचारीहरूले तलव भत्तामा नै खर्च सिध्याउँछन् । तलव खाएपछि जनताको काम गर्नुपर्छ, सेवा नै धर्म हो, राष्ट्रिय हित नै कर्म हो भनेर कर्मचारीले कहिले बुझेनन् । नेतृत्व त चुनावमा खर्च गरेर, पद किनेर सत्तामा पुगेका हुन्छन्, तिनले भ्रष्टाचार गरेर खर्च उठाउन खोज्नु स्वभाविक होला तर तिनकै पछुवा बनेर कर्मचारीतन्त्र हिड्नु हुन्छ ? कर्मचारीतन्त्र भनेको स्थायी सरकार भनिन्छ, स्थायी सरकारको मान मर्यादासमेत कर्मचारीले नष्टभ्रष्ट पारिसकेका छन् । हरेक दिन उद्योगधन्दा बन्द हुँदैछन्, व्यापार खस्कदै गएको छ, आर्थिक मन्दी बढेर बजार नै ठप्प हुने स्थिति आइसक्यो । कसरी अर्थतन्त्र चलायमान बनाउने भन्नेतिर कर्मचारीतन्त्रको सकारात्मक सोच नै छैन । जसरी पनि सेवाग्राही, उद्यमीव्यापारीलाई दुःख दिने हो, फसाउने हो, तिनका काम अड्काउने हो, आर्थिक लाभ लिने हो भन्ने सोच कर्मचारीतन्त्रमा झन झन बढेर गएको छ । कर्मचारीतन्त्रमा यसरी नकारात्मक सोच बढ्नुमा पार्टीपिच्छेका कर्मचारी टे«डयुनियन पनि जिम्मेवार छ । कर्मचारीलाई युनियन किन चाहियो ? कर्मचारीले राजनीति गर्ने हो र ? तर नेपालमा कर्मचारीले राजनीतिलाई चलाएको छ, राजनीतिले भ्रष्टाचार गरिरहेको छ । देश नै भ्रष्टाचारमय हुनुमा राजनीतिक अपराध र कर्मचारीतन्त्रको गैरजिम्मेवार चरित्र बढी नै भइसक्यो । खराव कर्मचारी र राजनीतिको नियमन गर्न बनेको अख्तियार सत्ताको हनुमान बनेको छ ।  सबैतिर राजनीतिकरणकै कारण भ्रष्टाचार बढेको हो । सुनकाण्डमा जस्तै कुनै कर्मचारी फसे राजनीतिले, नेता फसे कर्मचारीले उद्धार गर्ने गरेका छन् । कसरी सुशासन कायम हुनसक्छ अनि ? राजनीति र कर्मचारीतन्त्र खोटा सिक्का बनेका छन् । खोटासिक्का एक एक पाटा हुन् कर्मचारी र नेतृत्व ।