Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

पशुपति आसपास मासु तथा मदिरा निषेध

२१ बिहिबार , मंसिर २०८०८ महिना अगाडि

पशुपति आसपास मासु तथा मदिरा निषेध

पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रहरुमा मासु तथा मदिरा निषेध गरिएको छ । हिन्दुहरुको पर्व बालाचतुर्दशीलाई मध्यनजर गर्दै पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रहरुमा मङ्सिर २७ गतेसम्मका लागि मासु तथा मदिरा निषेध गरिएको हो ।

पशुपतिनाथ मन्दिर परिसर र आसपासका विभिन्न क्षेत्रमा मंसिर २१ गतेदेखि २७ गतेसम्म एक साता मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने बताईएको छ ।

जसमा गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिणभित्रका सबै भागमा यो नियम लागु हुने जनाईएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोही कसैले यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने बताएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।