Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

धेरै सन्तान जन्माउन किम जोङको आग्रह

२१ बिहिबार , मंसिर २०८०८ महिना अगाडि

धेरै सन्तान जन्माउन किम जोङको आग्रह

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङले घट्दो जन्मदरलाई मध्यनजर गर्दै धेरै सन्तान जन्माउन आग्रह गरेका छन् । उनले देशका महिलाहरूलाई सम्बोधन गर्दै बढी सन्तान जन्माएर घट्दो जन्मदरलाई ध्यान दिन विशेष अपिल गरेका हुन् ।

नेता किम जोङले देशका महिलाहरूलाई बढी सन्तान जन्माउन आग्रह गरेको भिडियो उत्तर कोरियाको सरकारी मिडिया कोरियन सेन्ट्रल टेलिभिजनमा शेयर गरिएको थियो, जुन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको बनेको छ ।

उक्त भिडियोमा ११ वर्षपछि पहिलो पटक राजधानी प्योङयाङमा आयोजित आमाहरूको सम्मेलनमा किम जोङ बाहेक कैयौं महिलाहरू पनि रोएको देखिएको थियो । किम जोङले सबै आमाले धेरै सन्तान जन्माउनु आग्रह गर्दै असामाजिक व्यवहारलाई जरैदेखि उखेल्ने र उत्तर कोरियाको विकासमा सहयोग गरेकोमा आमाहरूलाई धन्यवाद पनि दिएका थिए ।

नेता किम जोङले एकभन्दा बढी सन्तान भएका परिवारलाई आवास, खाना र चिकित्सा सुविधाका लागि प्राथमिकता दिइने बताए । उनले बढी सन्तान हुने आमालाई उपचारमा अनुदान र प्राथमिकताको घोषणा पनि गरेका छन् ।

अमेरिकी अखबार वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार उत्तर कोरियाको जन्मदर १.६ मात्रै रहेको छ जुन निकै कम हो । विज्ञहरूका अनुसार उत्तर कोरियामा जनसङ्ख्या कायम राख्न जन्मदर २.१ पुग्नुपर्छ । कोरोना महामारीका बेला विश्वभर लगाइएको प्रतिबन्धका कारण देशले धेरै समस्याको सामना गर्नु परेको थियो ।

उतर कोरियामा  करिब २.५० करोड मानिस बस्छन्, जो भोकमरीबाट पीडित छन् । यसका साथै उत्तर कोरियाका नागरिक र विशेष गरी महिलाविरुद्धका मानवअधिकार अपराध पनि बढ्दै गएका छन् ।

किम जोङले यसअघि पनि यस्ता धेरै आदेश दिएका छन् । दुई वर्षअघि आफ्ना पिता तथा देशका पूर्व तानाशाह किम जोङ–इलको १०औ पुण्यतिथिमा किम जोङले मानिसहरूलाई हाँस्न, किनमेल गर्न र मदिरा सेवन गर्न प्रतिबन्ध लगाएका थिए ।

त्यसैगरी सोहि वर्षको मार्चमा किमले बालबालिकालाई हलिउड फिल्म वा सिरिज हेर्न प्रतिबन्ध लगाएका थिए । यदि बालबालिकाले हलिउड फिल्म वा सिरिज हेरे भने उनीहरु र उनीहरूका अभिभावक जेल हालिने, उनीहरूका अभिभावकलाई ६ महिनासम्म श्रम शिविरमा पठाएर मजदुरको रूपमा काम लगाइने बताएका थिए ।