Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

भारत हुँदै कुवेत पुगेकी हिराकुमारीको उद्धार

२१ बिहिबार , मंसिर २०८०८ महिना अगाडि

भारत हुँदै कुवेत पुगेकी हिराकुमारीको उद्धार

बैदेशिक रोजगारका लागि कुवेत पुगेकि म्याग्दीको बेनी नगरपालिका–९ घतान काउले गौडाकी हिराकुमारी चोखालको उद्धार गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ मोना कुवेत, गैरआवासीय नेपाली संघ कुवेतलगायतको सहयोगमा उनको उद्धार गरिएको हो ।

आकर्षक तलबको प्रलोभनमा परेर भारत हुँदै कुवेत पुगेकी ३३ वर्षीया चोखालले आफूमाथि चरम श्रम शोषण भएको भन्दै उद्धारको लागि अनुरोध गरेकी थिइन् । बिभिन्न संघ, सस्थाको सहयोगमा उनलाई उद्धार गरि स्वदेश फर्काईएको छ ।

कुवेतबाट उद्धार गरि नेपाल फर्किएकी चोखाल बुधबार आफ्नो घर बेनी पुगेकी छन् । खाडी मुलुकमा शोषणमा परे पनि गुहार मागेर सकुशल घर फर्कन सफल भएकी चोखाललाई घरपरिवार र छिमेकीले फूलमाला लगाएर स्वागत गरेका थिए । 

करिब आठ महिनाअघि जटिल रोगबाट ग्रसित श्रीमान्को उपचार र छोराछोरीको शिक्षादीक्षाका लागि भारत हुँदै कुवेत पुगेकी उनको उद्धार गरिएको थियो ।

दैनिक १८ घण्टासम्म काममा लगाउने र मानसिक तथा शारीरिक यातना दिने गरेको र समयमा पारिश्रमिक समेत नदिएपछि आफूले उद्धारको लागि अपिल गरेको चोखालले बताएकी छन ।